रेसुङ्गा नगरपालिकाद्वारा तीन विधेयक पारित

हिमालय टाइम्स
Read Time = 2 mins

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले विभिन्न विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । नगरपालिकाको १२ औं नगरसभाबाट विभिन्न विधेयक पारित गर्नुका साथै केही शिर्षकमा बजेट संशोधन समेत गरिएको हो ।

नगरप्रमुख खिलध्वज पन्थीको अध्यक्षतामा आयोजित १२ औं नगरसभाले तीन विधेयक पास गरेको छ । विधायन समितिका संयोजक कृष्ण प्रसाद पाण्डेले सभामा तीन विधेयक प्रस्तुत गर्नुभयो । उहाँले विपद जोखिम तथा व्यवस्थापन विधेयक २०७९, वातावरण तथा प्राकृतिक श्रोत संरक्षण विधेयक २०७९ र जलस्रोत विधेयक २०७९ गरि तीन वटा विधेयकको प्रस्ताव प्रस्तुत गर्नुभयो ।

प्रस्तुत सबै विधेयकहरु निर्णयार्थ सर्वसम्मतिले पारित गरिएको छ । नगरप्रमुख खिलध्वज पन्थीले १२ औं नगरसभामा आर्थिक वर्ष २०७९/०८० को हालसम्म भए गरेका सम्पूर्ण प्रगतिको बारेमा जानकारी गराउनुभयो । उहाँले समुन्नत नगर र विकास निर्माणको हरेक क्षेत्रमा देशकै उत्कृष्ट एवम् नगरपालिका बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?