रजनी र शान्तिरामलाई जसराज प्रतिभा पुरस्कार

Read Time = 1 min

काठमाडौं । जसराज किराती प्रतिभा पुरस्कारबाट संगीतकार शान्तिराम राई र वालिङकी साहित्यकार डा. रजनी ढकाल पुरस्कृत हुनुभएको छ । खोटाङ बुइपाका वरिष्ठ कवि जसराज किरातीको नाममा स्थापित ‘जसराज किराती प्रतिभा प्रतिष्ठान’ नेपाल/बेलायतले नेपाली संगीत विधामा उल्लेखनीय योगदान पुर्‍याएबापत २०७७ का लागि संगीतकार राईलाई उक्त पुरस्कार प्रदान गरिएको छ । त्यस्तै नेपाली साहित्यमा सक्रिय डा.रजनी ढकाललाई २०७८ का लागि उक्त पुरस्कार प्रदान गरिएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ कवि बैरागी काइँलाले जनही ५० हजार राशि र सम्मानपत्रसहित सर्जकहरू राई र ढकाललाई पुरस्कृत गर्नुभयो । कोभिड महामारीका कारण दुई वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?