खोटाङ । हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले सात वर्षपछि पूर्णता पाएको छ ।
सातवर्ष अघि नै समयावधि सकेपछि बनाईएको समिति एकलौटी भएको भन्दै विवाद भएर त्यतिकै बसेको समितिलाई हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईको पहलमा पूर्णता दिईएको हो ।
हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष गजुरमान राईको नेतृत्वको समय अवधि सकेपछि समिति बनाउन गुठी संस्थानले नगरपालिकालाई समिति सिफारिश गर्न भनि चिठी लेखेको थियो ।
तत्कालिन मेयर इवन राई र उपमेयर बिमला राई नेतृत्वको नगरपालिकाले हर्कराज राईको अध्यक्षतामा समिति सिफारिस गरेपछि एकलौटी भएको भन्दै विवाद भएर समितिको कार्यालयमा उल्टै ताला लागेको थियो । साँढे ५ वर्षपछि २०७९ साउन १ गते तत्कालिन उपमेयर हालका मेयर बिमला राईकै पहलमा ताला खोल्ने सहमति भएको थियो।
त्यसपछि गुठी संस्थान, नगरपालिका र स्थानीय व्यक्तिहरुबीच छलफल गरेर प्रक्रिया पु¥याएर समितिलाई पूर्ण बनाईएको हो ।
अहिले समितिको अध्यक्षमा पुनः गजुरमान राई दोहोरिनु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको आगामी दुईवर्षे कार्यकाललाई राई सर्वसम्मत दोहोरिनु भएको हो ।
१४ सदस्यीय समितिको उपाध्यक्षमा दिलिपराजा गिरी, सचिवमा अग्निराज राई, कोषाध्यक्षमा पवनकुमार परियार सर्वसम्मत चयन हुनुभएको भएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।
वडाध्यक्ष गिरीका अनुसार सदस्यहरुमा हर्कराज राई, प्रकाशचन्द्र गिरी, बिमल बस्नेत, रमिला बस्नेत, तीर्था राई, मोहनकुमार कार्कीसहित मालपोत कार्यालय, महादेवस्थानका वडाध्यक्ष वा निजले तोकेको प्रतिनिधि, किरात राई यायोक्खा र हलेसी मारातिका गुम्बाका एक–एकजना प्रतिनिधि सदस्य रहने छन् ।
समितिको प्रमुख सल्लाहकारहरुमा यज्ञराज राई, डिल्ली चाम्लिङ, चमारसिं राई, हरि गिरी र ज्ञानबहादुर भुजेल हुनुहुन्छ । नवगठित समितिलाई बुधबार महादेवस्थान वडाको कार्यालयमा मेयर राई, उमेयर रमेशकुमार राउत लगायतले कार्यभार सम्हाल्न बधाई दिनुभएको छ ।
समितिले पूर्णता पाएसँगै मन्दिर संरक्षण, प्रवद्र्धन गर्न र भेटीघाटीलाई पारदर्शीदेखि खर्च प्रणालीमा अख्तियारी मिल्ने मेयर राईले बताउनुभयो । ‘स्थानीय सरकारसँग सहकार्य र सहजीकरण गर्न पनि ढोका खुलेको छ ।’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच