दीर्घरोगीका लागि हस्पाइसको नयाँ भवन

Read Time = 2 mins

काठमाडौं । दीर्घरोगीको सामान्य उपचार तथा हेरचाह र निको नहुने रोग लागेका व्यक्तिहरूको हेरचाह गर्ने संस्था हस्पाइस नेपालको भवन धापाखेलमा शिलान्यास भएको छ । हस्पाइस नेपाल सरकारमा विधिवतरूपमा दर्ता भएको गैरनाफामूलक गैरसरकारी संस्था हो । जुन देशमा उपशामक सेवाको विकास गर्ने उद्देश्यसाथ २०५७ सालमा स्थापना भएको थियो ।

देशैभर उपशामक सेवा उपलब्ध गराउन हस्पाइस नेपालले तालिम सुविधायुक्त २० शय्यैयाको नमुना उपशामक सेवा केन्द्रको अवधारणा बनाएको छ ।

संस्थाले लगनखेलमा आठ शय्यैयाको एकाइमा बिरामी सेवा, काठमाडौं उपत्यकामा सामुदायिक सेवा र ग्रामीण समुदायमा आधारित सेवा प्रदान गर्छ । काठमाडौंको लगनखेलमा सामुदायिक सेवाअन्तर्गत लगनखेलमा आठ शयैय्याको एकाइ र मकवानपुरमा ग्रामीण विकासअन्तर्गत मकवानपुर जिल्लामा सेवा प्रदान गर्छ । दुवै अस्पतालमा सेवाहरू निःशुल्क हुनेछन् ।

देशैभरि उपशामक सेवा उपलब्ध गराउन हस्पाइस नेपालले तालिम सुविधायुक्त २० शयैय्याको नमुना उपशामक सेवा केन्द्रको अवधारणा बनाएको छ । जसका लागि संस्थाले धापाखेलमा पाँच रोपनी जग्गा लिएको छ भने राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा कोष संकलन गर्ने कार्य जारी रहेको जनाएको छ ।

प्रोजेक्ट हस्पाइस नेपालमा संलग्न सम्पूर्ण सदस्यको निरन्तरको प्रयासपछि धापाखेलमा असोज २५ गते भवन शिलान्यास गरिएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?