![युनिलिभरविरुद्ध आन्दोलनमा उत्रिए स्थानीय](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/uniliver-hetauda.jpg)
बझाङ । राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी बझाङले जिल्ला अस्पताल बझाङमा रक्तदान तथा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको छ ।
मंगलबार आफ्नो ३५ औँ स्थापना दिवसको अवसरमा युवासंघ बझाङले रक्तदान तथा अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको हो । अस्पतालमा भर्ना भएका २० जना बढी बिरामीलाई फलफूल वितरण गरिएको र ६ जनाले रक्तदान गरेको राष्ट्रिय युवासंघ नेपाल बझाङका अध्यक्ष संसार खड्काले बताउनु भयाे ।
बिरामीहरुको स्वास्थ्य लाभको कामना सहित उनीहरुलाई फलफूल बितरण गरिएको उहाँले बताउनु भयाे। फलफुल वितरण पछि भएको कार्यक्रममा बोल्दै राष्ट्रिय युवासंघ नेपाल बझाङका उपाध्यक्ष धिरेन्द्रबहादुर सिंहले युवासंघले युवाका हकहितका साथ साथै सामाजिक कार्यमा समेत काम गरिरहेको बताउनु भयो ।
युवासंघका अध्यक्ष खड्का र उपाध्यक्ष सिंहले जिल्ला अस्पतालले दुर्गम क्षेत्रका जनतालाई निशुल्क गुणस्तरिय सेवा प्रदान गरिरहेकाले अस्पताललाई आवश्यक परेको बेला युवासंघले जस्तोसुकै सहयोग गर्नेपनि बताउनु भयो ।
सो क्रममा जिल्ला अस्पताल बझाङका अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोनु सिंह जिल्ला अस्पताल बझाङका प्रमुख डा.नवराज जोशी लगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच