![पाहुना हराउँदा लच्छिन हराएजस्तो भएको छ !](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Dr.-Narayan-Chalise-Hita-Article-2.jpg)
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गोकर्णेश्वर नगर अस्पतालको शिलान्यास गर्नुभएको छ । गोकर्णेश्वर नगरपालिकाले निर्माण गर्न थालेको नगर अस्पताल १५ शय्याको हुने छ ।
अस्पताल शिलान्यास गर्दै उहाँले शिलान्यास भएको अस्पताल समममै सम्पन्न हुनुपर्ने बताउनुभयो । उहाँले संविधानले हरेक जनताको स्वास्थ्योपचारको ग्यारेन्टी गरेकाले पैसा नभएका कारण कुनै पनि नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाउनुभयो ।
चिकित्सा शिक्षा ऐन चाँडै परिमार्जन हुने र धेरैले स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने उहाँको भनाइ थियो । मन्त्री बस्नेतले राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा सांसद सन्तोष चालिसेले अस्पताल शिलान्यास भएकामा खुसी व्यक्त गर्दै समयमै निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेशसभा सदस्यद्वय सांसद बिमल ठकुरी र छिरिङदोर्जे लामाले निजी क्षेत्रमा स्वास्थ्य सेवा महँगो भएकाले सरकारी सेवा प्रभावकारी बनाउनुपर्नेमा केन्द्र सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नगरप्रमुख दीपक रिसालले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले चाँडै अस्पताल निर्माण सम्पन्न गरेर नगरवासीलाई गुणस्तरीय सेवा दिने बताउनुभयो । अस्पताल रु २२ करोड ५० लाखको लागतमा निर्माण गरिने जनाइएको छ ।
रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच