काठमाडौं । नेपालकी चन्दा भुजेल प्रथम इन्डो-नेपाल आइएफके क्योकुसिन कराँते प्रतियोगिताको महिला ७० केजीमा पहिलो हुनुभएको छ । इन्टरनेसनल फेडेरेसन अफ कराँते एसोसिएसन नेपालको आयोजनामा भएको प्रतियोगितामा चन्दाले भारतकी श्रेष्ठ गांगुलीलाई पराजित गर्नुभयो ।
कलंकीस्थित नेसनल बिजनस ट्रेड सेन्टरमा भएको प्रतियोगिताको महिला २६ केजीमा नेपालकी सृष्टि अधिकारीले भारतकी आइना दास, ५० केजीमा भारतकी चन्द्रा शिखाले नेपालकी आशिका पन्त तथा ६६ केजीमा नेपालकी प्रमिला भूमिलाई हराउँदै स्वर्ण जित्नुभयो ।
पुरुष ३२ केजीमा नेपालका आकाश भूमिले भारतका रोहन दास, ५० केजीमा भारतका जयदीप दासले नेपालका अमन तामाङ, ५७ केजीमा नेपालका आशिष शाही ठकुरीले भारतका अद्रिडो दास, ५६ केजीमा नेपालका पार्थ कोइरालाले भारतका दीपेन लोन, ५० केजीमा नेपालका शेख रिजवानले भारतका सावानाबो रोय, ५५ केजीमा नेपालका सिर्जित गुरुङले भारतका ब्रहृमा बार्टा दास, ८६ केजीमा नेपालका मुकेश लुईंटेल खत्रीले भारतका इन्द्रजित शाह, ५६ केजीमा नेपालका सञ्जय राईले भारतका रूपम कुथी तथा ७२ केजीमा नेपालका विक्रम राणाले भारतका रोनितलाई पाखा लगाउँदै शीर्षस्थान हात पार्नुभयो ।
पुरुषकै ६६ केजीमा भारतका आर्यमान चक्रवर्तीले नेपालका रोहन देउला, ५८ केजीमा नेपालका दीपेश तामाङले भरत रञ्जय, ८२ केजीमा नेपालका युभेन थापाले भारतका अंकित दास तथा ६५ केजीमा भारतका आकाश सेनले नेपालका दिनेश बम्जनलाई पन्छ्याउँदै पहिलो हुनुभयो ।
विजेतालाई नेपाल कराँते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि