मिस युनिभर्स नेपालको आवेदन खुला

Read Time = 2 mins

काठमाडौं । ‘ओरिफलेम मिस युनिभर्स नेपाल २०२२’का लागि आवेदन खुला गरिएको छ । मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठका अनुसार यसअघि झैं यस वर्ष पनि प्रतियोगितामा उचाइ र तौलको मापदण्ड हुने छैन । समलैंगिक महिलाहरूले समेत सहभागिता जनाउन पाउने यस प्रतियोगितामा देश बाहिर रहेका अन्य नेपाली युवतीले पनि आवेदन दिन सक्ने बताइएको छ ।

प्रतियोगिताका लागि ५ मे देखि दुई महिनासम्म आवेदन खुला रहनेछ । यो दुई महिनामा उमंग क्रिएसनले नेपालभर विभिन्न कार्यक्रम तथा कार्यशाला गर्ने घोषणा गरेको छ । अघिल्लो वर्षकी मिस युनिभर्स नेपाल सुजिता बस्नेत र आयोजक समूहले काठमाडौंका कलेजसँगै विराटनगर, वीरगञ्ज, भरतपुर, बुटवल, नेपालगञ्ज, पोखरा, सुर्खेतलगायत सबै प्रदेशका शहरहरूको पनि भ्रमण गर्ने बताइएको छ ।

अगष्ट १९ मा सुन्दरीहरूबीच अन्तिम प्रतिस्पर्धा हुनेछ । विजेताले मिस युनिभर्सको ७१औं संस्करणको मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । साथै १० लाख नगदसँगै अन्य उपहार पनि प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?