वडाध्यक्षका उम्मेदवार चौधरीको निधन

Read Time = 1 min

विवेक खड्का-

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । एमालेबाट उम्मेदवार बन्नुभएका चौधरीको मंगलबार राति मृत्यु भएको हो ।

बघौसी निवासी ५३ बर्षीय चौधरी मिर्गौला, कलेजोको विरामी हुनुहुन्थ्यो । यस अघिको कार्यकालमा उहाँले तुलसीपुर १७ को वडा सदस्य भएर समेत काम गर्नुभएको थियो ।

चुनाब प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उहाँलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगियो । तर, त्यहाँ पनि ठीक नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । त्यही क्रममा उहाँको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताउनुभयो।

उहाँको शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?