अख्तियारले आज ३२औँ स्थापना दिवस मनाउँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३२औँ स्थापना दिवस मनाउँदैछ ।

अख्तियारले देशभरका कार्यालयमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको हो । ‘मिलेर फालौँ भ्रष्टाचारको जालोः सुशासन प्रबर्द्धनमा गरौँ हातेमालो’ भन्ने नारा यसवर्ष तय गरिएको छ ।

शुक्रबार अख्तियारको हेटौँडा कार्यालयमा रक्तदान कार्यक्रम गरिएको थियो । आयोगको काठमाडौंको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालय छन्।

हालको नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्ने गरी काम, कर्तव्य र अधिकार प्रदान गरेको छ ।

भ्रष्टाचार नियन्त्रण गरी सुशासनमा योगदान दिन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ एवं अन्य प्रचलित कानुनी व्यवस्थामा आधारित कार्यसम्पादन गरिरहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?