विशेष प्रकारको खोज अनुसन्धान हो । कार्यलाई फलिभूतार्थ अनुसन्धानको आवश्यकता पर्ने गर्दछ । शाब्दिक रूपमा अनुसन्धानको अर्थ खोज गर्नु, अन्वेषण गर्नु, नयाँ कुरा पत्ता लगाउने यत्न गर्नु, शोध गर्नु, गवेषणा गर्नु भन्ने हुन्छ । हाम्रा हरेक कार्यमा प्रत्यक्ष एवं परोक्ष अन्वेषण भइरहेको हुन्छ । कतिपय कार्य व्यवस्थित अनुसन्धानको कसीमा राखेर गरिएका हुन्छन् त कतिपय अनौपचारिक रूपमै भएका हुन्छन् । संसारमा जति पनि विकास भएका छन्, यसका पछाडि अनुसन्धनको विशेष भूमिका रहेको पाइन्छ । अनुसन्धान त्यस विषयप्रतिको गहन अध्ययन हो, जसबाट उक्त विषयक्षेत्रलाई सही ढङ्गले प्रभावकारी प्रयोग गर्न सकिन्छ । हाम्रा हरेक कार्य हुनुपूर्व सूक्ष्म अध्ययन अनुसन्धान भएको नै हुन्छ ।
यो कति कसिलो तरिकाले हुन्छ त्यति नै उक्त कार्य पनि त्यति नै प्रभावकारी हुने गर्दछ । प्रभावकारी र परिणाममुखी कार्यका निम्ति अनुसन्धान महत्वपूर्ण अङ्गका रूपमा रहने गर्दछ । यसैले विद्यालय एवं विश्वविद्यालयमा अनुसन्धान गर्ने विधि र प्रविधिको ज्ञान दिने गरिन्छ । आजको वैज्ञानिक उपलब्धि पनि यही अनुसन्धानकै प्रतिफल हो । शिक्षा, स्वास्थ्य, रोजगार व्यापार हरेक क्षेत्रमा अनुसन्धानले विशेष भूमिका खेल्ने गर्दछ । आज विश्वमा जति पनि संस्थागत विकास भएका छन् यसका पछाडि अनुसन्धानको विशेष भूमिका रहेको पाइन्छ । अनुसन्धानपूर्व गरिएका कार्य नै प्रभावकारी र दीर्घकालीन हुन्छन् ।
विश्वका समृद्ध राष्ट्र पनि अनुसन्धानकै आधारमा उन्नत भएका हुन् । अमेरिका, बेलायत, रुस, फ्रान्स, चीन, भारतलगायत देशले आ-आफ्ना छुट्टाछुट्टै विषयका भिन्नाभिन्नै अनुसन्धान केन्द्र स्थापना गरेका छन् । शिक्षा, स्वास्थ्य, सूचना प्रविधिलगायत विधा अनुसार भिन्नाभिन्नै अनुसन्धान केन्द्र रहेका छन् ।
हरेक कार्य अनुसन्धानको विधिले गरियो भने प्रभावकारी हुन्छन् । कतिपय कार्यमा स्वतः अनुसन्धान पनि भइरहेको हुन्छ त कतिपय कार्यका निम्ति अनुसन्धानका विशेष विधि नै प्रयोग गर्नुपर्ने हुन्छ । जुनसुकै कार्यमा पनि अनुसन्धान सफलताको मुख्य सूत्रका रूपमा रहेको हुन्छ । संसारमा समृद्ध कम्पनी पनि यही अनुसन्धानका आधारमा अडिएका छन् । एप्पल, माइक्रोसफ्ट, गुगल, फेसबुक, स्पेसएक्स लगायतका विश्वका ठूला कम्पनी यत्तिकै समृद्ध भएका होइनन् । हरेक कम्पनीले आ–आफ्ना छुट्टाछुट्टै विषयवस्तुको गहन अध्ययन अनुसन्धान गरिरहेका हुन्छन् । कुन कुराको प्रयोग कस्ता क्षेत्रमा गर्दा कति प्रभावकारी हुन्छ भन्ने ज्ञान यही अनुसन्धानबाट नै प्राप्त हुने भएकाले व्यक्ति, संस्था एवं संस्थागत उत्पादनमा अनुसन्धानलाई विशेष प्रथामिकताका साथ हेर्ने गरिन्छ ।
विश्वका समृद्ध राष्ट्र पनि अनुसन्धानकै आधारमा उन्नत भएका हुन् । अमेरिका, बेलायत, रुस, फ्रान्स, चीन, भारतलगायत देशले आ-आफ्ना छुट्टाछुट्टै विषयका भिन्नाभिन्नै अनुसन्धान केन्द्र स्थापना गरेका छन् । शिक्षा, स्वास्थ्य, सूचना प्रविधिल गायतका विधा अनुसार भिन्नाभिन्नै अनुसन्धान केन्द्र रहेका छन् । जसले नवीनतम आविष्कार गर्छन् । त्यही अनुसन्धानबाट प्राप्त ज्ञानलाई प्रयोगमा ल्याई अर्थार्जन गर्छन् र मुलुक समृद्ध हुने गर्दछन् । आजका उन्नत प्रविधि यही अनुसन्धानकै प्रतिफल हुन् ।
आज हातमा विश्व अटाउने मोबाइल यही अनुसन्धानकै उपलब्धि हो । जसले यस विषयमा नवीनतम खोज अनुसन्धान गर्छ ती कम्पनी नै शीर्ष स्थानमा आएका छन् । एआई अहिलेको अनुसन्धानबाट प्राप्त उच्चतम उपलब्धि हो । आजको प्रविधिको युग भिœयाउने श्रेय पनि अनुसन्धानकर्तालाई नै जान्छ । यति अनुसन्धान नगरेको भए आज हामी मोबाइलमा संसार देख्न सक्ने थिएनाँै । हरेक कार्य प्रविधिले सहज तुल्याउने भएको छ । आजका यन्त्रउपकरण यही अनुसन्धानकै बलले प्राप्त भएका हुन् ।
अनुसन्धानबाट सूक्ष्मतम विषयवस्तुको ज्ञान गर्न सकिन्छ । विषयवस्तुको गहिराइमा पुगी भेद पत्ता लगाउन सकिन्छ । महाभारतको युद्धमा पनि श्रीकृष्ण भगवान्ले व्यक्तिका भेद पत्ता लगाई पाण्डवलाई युद्धमा विजयी गराउनुभएको थियो । शिखण्डीजस्ता व्यक्तिसँग भीष्मपितामह युद्ध गर्न सक्दैन थिए सोही अस्त्रको प्रयोग गरी अर्जुनले भीष्मप्रति विजय प्राप्त गरे । अश्वत्थामाको मृत्युको खबरले द्रोणाचार्यमाथि विजय प्राप्त गर्न सकियो, कर्णको दानी प्रवृत्तिको भेद पत्ता लगाएर इन्द्रले कवच कुण्डल भिक्षा मागेपछि कर्णलाई परास्त गर्न सकियो । यसरी भगवान् श्रीकृष्णले व्यक्तिका भेदको सूक्ष्मतम अनुसन्धान गर्नुभएको थियो । यसैले पाण्डवको विजय सम्भव भयो ।
सामान्यतः भीष्मपितामहलाई कसैले पनि जित्न सक्दैनथे । असाध्य कुरालाई पनि गहनतम अध्ययन एवं विश्लेषण गर्ने हो भने विजय प्राप्त गर्न सकिन्छ । जुन कुरा महाभारतको प्रसङ्गबाट पनि जान्न सकिन्छ । यदि भगवान् श्रीकृष्णको अनुसन्धानात्मक प्रवृत्तिको विश्लेषण नभएको भए पाण्डवको हार निश्चित थियो । वस्तुभन्दा पनि व्यक्ति (श्रीकृष्ण) को महत्वपूर्ण भूमिकाले नै महाभारतमा पाण्डवको विजय भएको हो । अर्जुनलाई स्वर्ग पठाई सम्पूर्ण शस्त्रास्त्रसम्पन्न नतुल्याउनु भएको भए पनि युद्धमा पाण्डवको विजय निश्चित थिएन । सूक्ष्मातिसूक्ष्म कुराको अनुसन्धानमूलक विश्लेषण श्रीकृष्ण भगवान्द्वारा हुने गर्दथ्यो । यसैले युद्धमा पाण्डव विजयी भएका हुन् ।
जति सूक्ष्म अनुसन्धान गर्दछौँ त्यति नै उक्त कार्य सर्थक र अधिक प्रभावकारी हुने गर्दछ । हरेक विषयवस्तुका सूक्ष्मातिसूक्ष्म पक्षलाई केलाएर अनुसन्धान गरी तदनुरूप कार्यान्वयनमा ल्याउन सकियो भने उक्त अनुसन्धानको उपादेयता रहन्छ । हरेक विषयवस्तुको राज साना सूक्ष्म कुरामा अन्तरनिहित रहेको हुन्छ ।
अनुसन्धानले सूक्ष्मतम एकाइको गहन विश्लेषण गर्न सकिन्छ । सामान्य कुरामा त्रुटि हुँदा त्यही विनाशको कारण पनि बन्न सक्ने हुन्छ । आज जति पनि यान्त्रिक विकास भएको छ यसका पछाडि अनुसन्धाकै हात रहेको छ । हामी बिरामी भयौँ र जाँच्न अस्पताल गयौँ भने पनि सर्वप्रथम के भएको छ भनी सोधिन्छ । यो अनुसन्धानको आरम्भ हो । लक्षणले लक्षित गरेका विषयवस्तु ठीक हुन् वा होइनन् भन्नका निम्ति अनेक प्रकारका परीक्षण गरिन्छ । रक्तचाप, रक्तपरीक्षण, एक्सेर, दिसापिसाब परीक्षण लगायतका विषयवस्तुले के सङ्केत गर्दछन् सो आधारमा रोगको उपचारका निम्ति औषधिको प्रयोग गरिन्छ । औषधिको मात्रा दिने सन्दर्भमा पनि गहन अनुसन्धान भएको हुन्छ ।
यसरी बिरामी जाँच्ने प्रक्रियामा पनि अनुसन्धानको विशेष भूमिका हुने गर्दछ । रोग पत्ता लगाउने, रोगका अनेक प्रकारको खोज अनुसन्धान गर्ने, अनुसन्धानकै आधारमा औषधि निर्माण एवं परीक्षण गर्नेजस्ता कार्य पनि स्वास्थ्य क्षेत्रमा हुने गर्दछन् । अझ भनौँ स्वास्थ क्षेत्रमा आज जे जति विकास भएको छ यो सबै अनुसन्धनकै बलले प्राप्त भएको हो । प्रविधिको विकासमा पनि अनुसन्धानको नै आवश्यकता पर्ने गर्दछ । आजका बिजुली, यान्त्रिक उपकरण सबै अनुसन्धानकै प्रतिफल हुन् । अनुसन्धनको सहायताले विषयवस्तुको वस्तुनिष्ठ खोज गर्न र त्यसलाई प्रयोग गर्न मद्दत पुग्ने गर्दछ । हाम्रा हरेक विषयवस्तु अनुसन्धानका कुनै न कुनै तह पार गरेर अघि बढेका हुन्छन् । कुनैमा सूक्ष्म अनुसन्धान गरिएको हुन्छ भने कुनैमा सामान्य वा स्थूल अनुसन्धान गरिएको हुन्छ ।
जति सूक्ष्म अनुसन्धान गर्दछौं त्यति नै उक्त कार्य सर्थक र अधिक प्रभावकारी हुने गर्दछ । हरेक विषयवस्तुका सूक्ष्मातिसूक्ष्म पक्षलाई केलाएर अनुसन्धान गरी तदनुरूप कार्यान्वयनमा ल्याउन सकियो भने उक्त अनुसन्धानको उपादेयता रहन्छ । हरेक विषयवस्तुको राज साना सूक्ष्म कुरामा अन्तरनिहित रहेको हुन्छ । सानाभन्दा साना कुरालाई अध्ययन अनुसन्धान गरेर तदनुसारको प्रयोग पनि वस्तुमा गर्न सकियो भने उक्त वस्तु उत्तम कोटिको हुन पुग्छ । हरेक कुराको सूक्ष्माति सूक्ष्म अध्ययन अनुसन्धान गर्ने प्रवृत्तिले नै उक्त विषयको गहिराइ प्राप्त हुन्छ । हाम्रा कार्यलाई प्रभावकारी तुल्याउनु अनुसन्धानको महत्वपूर्ण भूमिका रहने गर्दछ । जति विषयवस्तुको गहिराइमा पुगिन्छ त्यति नै उक्त कार्य प्रभावकारी हुने गर्दछ ।
अनुसन्धानविहीन कार्यको प्रतिफल पनि कमजोर नै हुने गर्दछ । अनुसन्धान त्यस विषयप्रतिको गहन अध्ययन हो, जसबाट उक्त विषयक्षेत्रलाई सही ढङ्गले प्रभावकारी प्रयोग गर्न सकिन्छ । हाम्रा हरेक कार्य हुनुपूर्व सूक्ष्म अध्ययन अनुसन्धान भएको नै हुन्छ । प्रभावकारी र परिणाममुखी कार्यका निम्ति अनुसन्धान महत्वपूर्ण अङ्गका रूपमा रहने गर्दछ । उन्नतिको आधार स्तम्भ अनुसन्धान हो । हाम्रा हरेक कार्य अनुसन्धानको कसीमा रहे भने सार्थक र परिणाममुखी हुन्छन् । यसैले विद्यालय तहदेखि नै यस्ता विषयमा पाठ्यक्रम निर्धारणका साथै व्यवस्थित अनुसन्धानमुखी शिक्षाको आवश्यकता देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच