पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्‍याउन पाइँदैन : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्‍याउन  नपाइने बताउनु भएकाे छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उहाँले कसैको पहिचान र आस्थामा खलल पुर्‍याउन  नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराउनुभयाे । कानुनविपरीत गतिविधिलाई राज्यले स्वीकार्न नसकिने भन्दै उहाँले संविधान र कानुनविपरीतका गतिविधि नगर्न आग्रह गर्नुभयाे ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका कार्यक्रममा यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिइने जानकारी दिनुभयाे ।

उहाँले आफ्नो चीन भ्रमणमा सहमति सम्झौता कार्यान्वयनमा जोड दिने बताउनुभएकाे हाे ।

साथै, सीमानाका खुलादेखि दुई देशबीचको आपसी हित  र चासो तथा द्विपक्षीय व्यापार लगायतका विषयमा कुराकानी हुने उहाँले जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?