तम्घासमा बृहत् रक्तदान कार्यक्रम

हिमालय टाइम्स
Read Time = 4 mins

-रमेश विश्वकर्मा

गुल्मी । नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी शाखाले वृह्त रक्तदान कार्यक्रम गरेको छ ।

शुक्रबार गुल्मी अस्पताल तम्घासमा नेपाल स्वसंसेवी रक्तदाता समाज गुल्मीका अध्यक्ष नमराज मरासिनी तथा चेतनारायण पाण्डेको जन्मोत्सवको अवसरमा रेसुंगा नगरपालिका, गुल्मी अस्पताल, गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेड र डाबर नेपाल प्रा.लि.को बिशेष सहयोगमा बृह्त रक्तदान गरिएको हो ।

त्यस अवसरमा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सरकारले गर्ने कार्य भन्दा पनि अगाडी सरेर नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान कार्यक्रम गरेको भन्दै प्रशंसा गर्नुभयो । नगरप्रमुख पन्थीले रक्तदान मानव जीवनकै सबैभन्दा पूण्य कार्य भएको भन्दै यस कार्यले धेरैलाई नयाँ जीवन दिने उल्लेख गर्नुभयो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजले गर्ने हरेक रक्तदान कार्यलाई सफल बनाउन नगरपालिकाले सम्पूर्ण तबरले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले केही समय भित्र गुल्मी अस्पतालबाट मृगौलाका बिरामीहरुलाई मध्यनजर गर्दै डायलासिस सेवा शुभारम्भ गर्नेका लागि प्रक्रिया अगाडी बढाएको बताउनुभयो ।

धेरै बिरामी उपचारका लागि जिल्ला बाहिर जाने गरेको उल्लेख गर्दै केही समयमा गुल्मी अस्पतालबाट नै हाडजोर्नी बिशेषज्ञ सेवा प्रदानका लागि आफूले पहल गरिरहेको बताउनुभएको छ ।

नगरप्रमुख पन्थीले नगरपालिकाले स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर आफ्ना गतिविधिहरुलाई अगाडी बढाएको पनि उल्लेख गर्नुभएको छ ।

आफ्नो जन्मोत्सवको अवसरमा चेतनारायण पाण्डे लगायतले रक्तदान गर्नुभएको थियो । बृहत रक्तदान कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष नमराज मरासिनीको अध्यक्षता नगरप्रमुख खिलध्वज पन्थीको प्रमुख आतिथ्यता रहेको थियो ।

डा।अमृत बस्नेत, कृष्ण बहादुर चौहान क्षेत्री, महेन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनी, नेपाल स्काउटका संयोजक शुरेस भण्डारी, नेपाल स्वसंसेवी रक्तदाता समाज रुपन्देही शाखाका महासचिव उदय भट्टराई, सचिव दिपेन्द्र भण्डारी, सदस्य हरि ज्ञवाली, टेक्नीसियन प्रणिस बज्राचार्य लगायतको समेत सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कृष्ण पाण्डेले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?