काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा टोटनहमले आर्सनललाई ३-० अन्तरले पराजित गरेको छ ।
लण्डन डर्बीको खेलमा आर्सनल १० खेलाडीमा सीमित भएको थियो । टोटनहमका लागि ह्यारी केनले दुई तथा ह्युङ मीन सनले एक गोल गरे ।
पहिलो हाफमा दुई गोल गरेको टोटनहमले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको ३३औँ मिनेटमा रब होल्डिङले दोहोरो पहेँलो कार्ड पाउँदा आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।
खेलपछि आर्सनल ६६ अंकका साथ चौथो स्थानमा छ भने टोटनहम ६५ अंकका साथ पाँचौ स्थानमा छ ।
अब २ खेल बाँकी हुँदा शीर्ष चारका लागि टोटनहम र आर्सनलबीच च्याम्पियन्स लिगमा स्थान बनाउन प्रतिस्पर्धा हुनेछ ।
म्यानचेस्टर सिटी ८९ अंकका साथ शीर्ष स्थानमा छ । लिभरपुल ८६ अंकका साथ दोस्रो तथा चेल्सी ७० अंकका साथ तेस्रो स्थानमा छ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच