चितवनमा गठबन्धनको ‘चिट आतंक’ : अहिलेसम्म ६० प्रतिशत मत खस्यो

Read Time = 2 mins

चितवन । चितवनमा अहिलेसम्म ६० प्रतिशत अर्थात् करिब दुई लाख ३८ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

निर्धारित समय साँझ ५ बजेसम्ममा जिल्लामा ७० प्रतिशत मत खस्ने अनुमान रहेको उहाँले जानकारी दिनुभयो । ‘कुनै केन्द्रमा ६५ प्रतिशत मत पनि खसिसकेको छ । केहीमा ५५ प्रतिशतको हाराहारीमा पनि मत खसेको छ’, उहाँले भन्नुभयो । ५ बजेभित्र मतदान स्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने उहाँले बताउनु भयो ।

चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । १६१ वटा मतदान स्थल र ४५१ मतदान केन्द्र छन् । प्रायस् गरेर विद्यालयलाई नै मतदान स्थलका रुपमा प्रयोग गरिएको छ ।

गठबन्धनले ‘चिट आतंक’ मच्चाएपछि मतदान केन्द्रहरुको अनुगमन गरी चिट नियन्त्रणमा कडाई गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

तस्वीर: गठबन्धनले वितरण गरेको चिट देखाउँदै मेयरमा स्वतन्त्र उम्मेदवारी दिनु भएका जगन्नाथ पौडेल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?