त्रिभुवन क्याम्पस र माध्यामिक विद्यालयबीच विवाद चुलियो

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 6 mins

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुरमा रहेका त्रिभुवन क्याम्पस र त्रिभुवन माध्यामिक विद्यालय बीच विवाद बढेको छ ।

प्रतापपुर गाउपालिकाले कक्षा ११ र १२ लाई दिउसोमा सञ्चालन गर्ने निर्णय कार्यन्वयन गर्ने तयारी गरिरहदा त्रिभुवन माबीलाई ८ वटा कक्षाकोठाको आवस्यकता परेको प्राध्यानाध्यापक नारद ठाकुरले बताउनु भयो ।

उहाँ भन्नुहुन्छ, 'हामी कक्षाकोठाको अभावमा ११ र १२ को कक्षा सञ्चालन गर्न सकेका छैनौ । दिउँसोमा क्याम्पसका कक्षा कोठा खाली छन खाली भएका कक्षाकोठामा ११ र १२ को कक्षा सञ्चालन गर्ने माग गरेका छौँ अहिलेसम्म पाएनौं ।'

विद्यालयले कक्षा कोठा नपाएको भन्दै कक्षा व्यवस्थापनका लागी गाउँपालिकालाई गुहारेपछि गाउपालिकाले क्याम्पसका कक्षाकोठा दिउसोमा खाली भएको र तिनै कक्षाकोठामा कक्षा सन्चालन गर्ने तयारी गरिएको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताउनु भयो । उहाँ भन्नुहुन्छ, ' कोहि कसैले पनि विद्यार्थीको भबिस्यमाथी खेलवाड गर्न पाइने छैन । कसैले यो वा त्यो नाममा त्यस्तो गर्छ भने पालिकाले कठोर कदम उठाउन समेत पछि पर्दैन ।'

त्रिभुवन क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमुल कुमार पाण्डेले क्युएएका कारण क्याम्पसका कक्षा कोठामा ११ र १२ को कक्षा संचालक गर्ने दिन नसकिने बताउनु भयो । उहाँ भन्नुहुन्छ,  ' विद्यालयमा कक्षा सञ्चालन गर्न आवश्यक भवन तथा कक्षाकोठा हुँदाहुँदै पनि क्युएए प्रक्रिया र स्नाकोत्तर डिग्रीलाई प्रभाबित पारी असफल बनाउने रणनीतिका साथ अनावश्यक रुपमा कक्षाकोठाको माग गरिएको छ ।'

क्याम्पसले कक्षा कोठा नदिने र पालिकाले जसरी पनि त्यही कक्षा संचालन गर्ने बताइरहदा क्याम्पस र विद्यालय बीच विवाद बढेको छ । यता विवाद बढेको देखेपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पसमा अप्रिय घटना घटे आफूहरु जिम्मेवार नहुने चेतावनी दिएको छ । त्रिभुवन माविले कक्षा ११ र १२ को कक्षाहरु सञ्चालन गर्न क्याम्पसको भवन जबरजस्ति प्रयोग गर्ने प्रयास गर्दा अप्रिय घटना घट्न सक्ने र त्यसको जिम्मेवार आफूहरु नहुने जनाएको हो ।

आज स्ववियुले एक विज्ञप्ति जारी गरी त्रिभुवन नमुना माविले क्याम्पस प्रशासनसँग कक्षा कोठा माग गरेको तर क्याम्पसले प्राप्त गरेको एलओआईको शर्त अनुसार क्युएए प्राप्त नहुँदासम्म प्रयोग गर्न नमिल्ने जनाएको छ ।

उता प्रतापपुर गाउँपालिकाले भने उक्त क्याम्पस सञ्चालन भइरहेको भवन त्रिभुवन मावि बेलाटारीकै स्वामित्वमा रहेको जग्गामा रहेको हुँदा विद्यालयलाई आवश्यक कक्षा कोठा प्रयोग गर्ने निर्णय गरेको छ ।

सोमबार गाउँपालिकाको कार्यपालिका वैठकले उक्त भवन भारतिय दुतावासबाट हस्तान्तरण भएको र विद्यालयको जग्गामा बनाइएको हुँदा क्याम्पसको अन्यत्र भवन व्यवस्थापन नहँदा सम्मका लागि क्याम्पसलाई विहानी कक्षा सञ्चालन गर्न दिइने निर्णय गरेको छ । गाउँपालिकाले त्रिभुवन मावि र माविको सम्पुर्ण सम्पति गाउँपालिका मातहत आइसकेकाले सोको व्यवस्थापन समेत स्थानिय तहले गर्ने हुँदा क्याम्पसलाई नै अन्यत्र भवन व्यवस्थापन नहुँदा सम्मका लागि मात्र विहानी कक्षा सञ्चालन स्वीकृति दिइने निर्णय गरेको हो ।

गाउँपालिकाले त्यसरी विद्यालयले कक्षा ११ र १२ को कक्षा सञ्चालन गर्दा क्युएए प्रक्रियामा कुनै असर नपर्ने र क्युएए र स्नाकोत्तर डिग्री थपको विषयमा कुनै पनि सम्बन्ध नरहेको दावी गरेको छ । जसका लागि प्रतापपुर गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष जयकिशुन चौधरी र कार्यपालिका सदस्य खेमनारायण चौधरीलाई सहजीकरणको जिम्मा लगाइएको छ ।

गाउँ कार्यपालिकाको निर्णयको जानकारी पाएपछि स्ववियुले विज्ञप्ति जारी गरेको थियो । केहीदिन अघि त्रिभुवन माविले आयोजना गरेको अभिभावक दिवसमा कक्षा ११ र १२ दिउसोमा सञ्चालन गर्नुपर्ने भएकाले हाल विद्यालयमा रहेको कक्षा कोठा अपुग भएको र त्रिभुवन क्याम्पसले कक्षाकोठा प्रयोग गर्न नदिएको गुनासो गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?