काठमाडौं । बलिउड स्टार सलमान खानसहित विभिन्न कलाकारले काठमाडौंमा गर्ने भनिएको कन्सर्ट स्थगित भएको छ । आगामी शनिबार दशरथ रंगशालामा ‘द ब्याङ रिलोडेड टुर’ नाम दिएर कन्सर्ट गर्ने तयारी भइरहेको थियो । प्रचारप्रसार निकै भएको थियो तर आयोजक ओडीसी इन्टरटेनमेन्टले नै अहिलेका लागि कन्सर्ट रोकेको जानकारी दिएको छ ।
आयोजक संस्थाका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार स्थानीय चुनावका कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षात्को समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुनेभएपछि स्थगित गरिएको हो । अर्को अनुकूल समय हेरेर केही समयपछि मिति घोषणा गरिने गुरुङले जानकारी दिनुभएको छ ।
कलाकारको पारिश्रमिक, लाइट, साउण्ड र स्टेज व्यवस्थापनमा झण्डै ८ करोड रुपैयाँ खर्च भइसकेको उहाँले बताउनुभएको छ । सलमानले मात्र ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने तय भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच