बालबालिकाको सुरक्षामा ध्यान दिन युनिसेफको आग्रह

Read Time = 2 mins

न्यूयोर्क । संयुक्त राष्ट्रसंघीय बालकोष, युनिसेफले बालबालिकाको सुरक्षामा ध्यान दिन अमेरिकी सरकार र यहाँका नेताहरूलाई आग्रह गरेको छ । सो कोषका कार्यकारी निर्देशक क्याथेरिन रसेलले अमेरिकामा बालबालिका विद्यालयमै असुरक्षित बन्दै गएको भन्दै उनीहरूको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको हो ।

उहाँले प्रश्न गर्नुभएको छ, अझै कति बालबालिकाले अकालमा यसरी ज्यान गुमाउनुपर्ने हो ? आफ्नै विद्यालयमा बालबालिका यसरी असुरक्षित हुन्छन् भने बालबालिकाको भविष्य के होला ? अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा भएको गोली काण्डमा परी २१ जनाको ज्यान गएपछि उहाँको यो भनाइ आएको हो ।
अमेरिकी शहर टेक्सासमा मंगलबार दिउँसो भएको सो दुःखद् घटनामा परी १८ जना बालबालिकासहित २१ जना मारिएका थिए भने अरू कैयौं घाइते भएका थिए । टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कुलमा एकजना १८ वर्षीय किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको बताइएको छ ।

त्यस गोलीकाण्डमा परेर ज्यान जानेमा १८ जना विद्यार्थी र तीनजना शिक्षक रहेका पनि सो समाचारमा जनाइएको छ । गोली लागेर अरू १३ बालबालिका, विद्यालयका कर्मचारी र केही प्रहरी घाइते भएको समाचारमा जनाइएको छ । कार्यकारी निर्देशक क्याथेरिनले भन्नुभएको छ, ‘आज यो दुर्घटना टेक्सासमा भयो, अब फेरि अर्को कहाँ होला भन्ने त्रास हाम्रो दिमागमा छ ।’

उहाँले यस्तै दर्दनाक अवस्था हामीले अफगानिस्तान, युक्रेनलगायत देशमा पनि देखिसकेका छौं भन्दै अब बालबालिकाको सुरक्षाका लागि केही गर्न ढिला भइसकेको उहाँको भनाइ छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?