मृगौला पीडित खत्रीद्धारा सहयोगको याचना 

हिमालय टाइम्स
Read Time = 3 mins

-विजय रावत

जुम्ला । उपचारका लागि आर्थिक अभावले मृगौला पीडित जुम्लाका एक युवाले आफ्नो ज्यान जोगाइ दिन सबैसँग सहयोगको अपिल गर्नुभएको छ ।

आर्थिक अभावका कारण उपचार गर्न समस्या भएपछि जुम्लाको तातोपानी गाउँपालिका– २ निवासी ३० वर्षीय मानबहादुर खत्रीले ज्यान जोगाइ दिन सहयोग माग्नुभएको हो । खत्रीका दुबै मृगौला फेल भएपछि हाल उपचार खर्च जुटाउन नसकेर घरमै बसिरहनुभएको छ ।

३० वर्षकै कलिलो उमेरमा दुबै मृगौला फेल भएपछि उहाँले सहयोगको याचना गर्नुभएको हो । सबैको सानो सानो सहयोग पाए आफूले पुर्नजन्म पाउने आशा व्यक्त गरेको खत्रीले भन्नुभयो, ‘घरको आर्थिक अवस्था कमजोर भएको र दुबै मृगौला प्रत्यारोपणका लागि लाखांै रकम आवश्यक पर्ने भएकाले सहयोग गर्न अपिल गर्दछु ।’

घरमा ६ वर्षका एक छोरा श्रीमती मात्रै मेरो साहारा छन् । आर्थिक अवस्था कमजोर छ । बाच्ने दृढ ईच्छा छ । दैवले गरिबलाई नै पीडा दिँदो रहेछ । मेरा भगवानरुपि सम्पूर्ण देश विदेशमा रहेका, नेपाली दाजुभाई दीदीबहिना, आफन्तले मलाई बचाउने छन् भन्ने आश गरेको उहाँले बताउनुभयो ।

मृगौला पीडित खत्रीलाई पुर्नजन्म दिन सहयोग गर्न चाहाने महानुभावले खत्रीको मोबाईल नम्बर ९७४८९४१३२४ मा सम्पर्क गर्न खत्रीले अनुरोध गर्नुभएको छ । मेरो उपचारमा कसैले सहयोग गर्न चाहेमा सहयोगी महानुभावले पीडित खत्रीको सांग्रिला डेभलपमेन्ट बैंक जुम्ला शाखामा रहेको खाता नम्बर ०२८०१२००३९७७२१००००१ मा सिधै रकम जम्मा गर्न सकिने खत्रीले बताउनुभयो ।

विरामी भएर नेपालका विभिन्न अस्पताल र भारतमा समेत जाँच गर्दा दुवै मृगौला काम नगर्ने भएपछि चैत महिनामा घर फर्किएको थिए । तर आर्थिक अभावले मृगौला राख्न चाहे पनि नसकिरहेको उहाँले बताउनुभयो । खत्रीले अहिले जाउलो र नरम खाना खाइरहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?