भ्याली पब्लिक र गोल्डेनपिक सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक भ्याली पब्लिक र गोल्डेनपिक १५औँ माछापुच्छ्रे-भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजको सेमिफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले युनिभर्सिटीलाई ४४-२४ ले पराजित गर्‍यो । भ्याली पब्लिकका सुसान चौधरीले १० अंक जोड्नुभयो । गोल्डेनपिकले स्किब्सलाई ५७–३७ ले हरायो । गोल्डेनपिकका सक्षम राईले १९ स्कोर गर्नुभयो ।

सोही स्पर्धामा बसुन्धारा नेसनल एकेडेमी (बिएनए) ले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ५४-३४ तथा हिमालयन किङ्डमले ग्रिनल्याण्डलाई ७७–७५ ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गर्नुभयो । बिएनएका सन्देश खड्काले २५ तथा हिमालयन किङ्डमका जाङ्गु लामाले ४३ अंक बटुल्नुभयो । सेमिफाइनलमा हिमालयन किङ्डमको भेट भ्याली पब्लिकसँग हुनेछ भने बिएनएले गोल्डेनपिकको सामना गर्नेछ ।
सिनियर गल्र्समा एचएचसिएले निस्टलाई १२–७ तथा काष्ठमण्डपले पृथ्वीलाई २७-२१ ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान बनाए ।

एचएचसिएकी प्रमिला बानियाँले ४ तथा काष्ठमण्डपकी रजनी श्रेष्ठले १३ अंक जोड्नुभयो । सेमिफाइनल एचएचसिए र भ्याली पब्लिक तथा काष्ठमण्डप र ग्रिनल्याण्डबीच हुनेछ ।

जुनियर ब्वाइजमा ग्रिनफिल्डले हिमरश्मीलाई २९-२१ तथा गोल्डेनपिकले भ्याली पब्लिकलाई १६-१५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे । ग्रिनफिल्डका अर्जुन बस्नेतले १६ तथा गोल्डेनपिकका सुशील गिरीले १४ अंक जोड्नुभयो । विजेता दुवैको भेट सेमिफाइनलमा हुनेछ । अर्को सेमिफाइनलमा एन्जल्स हार्टले बिएनएविरुद्ध खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?