एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी हुनुभएकाे छ । पूर्व प्रदेश सचिवालय सदस्यसमेत रहेका ढुंगाना प्रतिद्वन्द्वी निर्वतमान सचिव डेजी पाण्डेलाई पराजित गर्दै विजयी हुनुभएकाे हाे  ।

ढुंगानाले २ सय ८७ मत प्राप्त गर्दा पाण्डेले दुई सय १८ मत ल्याउनु भएकाे छ । यस्तै अध्यक्षका अर्का प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाउनुभयाे । उहाँ हालका कार्यवाहक अध्यक्षसमेत हुनुहुन्छ । अध्यक्षमा तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए ।

यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी हुनुभयाे । उहाँले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मतमा चित्त बुझाउनु भएकाे छ ।

उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याउनु भएकाे छ ।

सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी हुनुभएकाे छ । चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उहँका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाउनुभएकाे छ ।

सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गर्नुभएकाे छ । उपसचिव (खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी हुनुभयाे ।

भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाउनुभयाे । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाउनुभयाे ।

उपसचिव (महिला) मा गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाउनु भएकाे छ ।

फागुन ६ गते सुरू भएको एमाले नवौँ अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएको थियो । कुल पाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?