कोलम्बो । भारतले श्रीलंकाका लागि पुनः अत्यावश्यक स्वास्थ्य सामग्री पठाएको छ । ‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीति अनुसार श्रीलंकालाई पुनः स्वास्थ्य सामग्री पठाएको हो ।
आर्थिक संकटमा परेको श्रीलंकालाई सहयोगस्वरूप ३.३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको भारतको भनाइ छ । कोलम्बोका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले श्रीलंकाका प्रतिनिधिहरूलाई ती सामग्री शुक्रबार हस्तान्तरण गर्नुभएको हो ।
आर्थिक संकटका कारण स्वास्थ्य सामग्री किन्न नसकेका र देशभित्र पनि अत्यधिक मूल्यवृद्धि भएको लगायतका कारणले श्रीलंकाले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरूसँग अनुरोध गरेको थियो ।
श्रीलंकाका नागरिकले पनि स्वास्थ्य सामग्रीको मूल्यवृद्धि र अभाव भएको भन्दै तत्काल त्यसको व्यवस्था गर्न माग गरेका थिए । आर्थिक संकटका कारण बहुआयामिक संकटमा परेको श्रीलंकामा इन्धन, अमेरिकी डलर, खाद्य पदार्थलगायतका अन्य धेरै चिजको पनि अभाव भइरहेको छ । अत्यावश्यक परेका चिज भारतसहित धेरै देशले श्रीलंकालाई उपलब्ध गराउँदै आएका छन् । भारतले यसअघि पनि स्वास्थ्य सामग्रीलगायत धेरै प्रकारका सहयोग उपलब्ध गराएको थियो ।
श्रीलंकामा विदेशी मुद्रा सञ्चिति र भुक्तानी सन्तुलनको संकट चरम छ । यसले गर्दा अत्यावश्यक चिजहरू उपलब्ध हुन सकेका छैनन् । इन्धनका लागि लामो लाइन, लोडसेडिङ र मूल्यवृद्धि चरम छ । श्रीलंकाले स्वतन्त्रता प्राप्त गरेपछि सामना गर्नुपरेको यो सबैभन्दा कठिन समय भएको छ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका