कम समयमै आयोजना सक्ने निर्माण व्यवसायीलाई टेन्डर दिनुपर्छ : गगन थापा

Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले एकैपटक धेरै आयोजना बनाउँदा एउटा पनि नबन्ने अवस्था आउने बताउनु भएको
छ ।

मंगलबार प्रतिनिधिसभामा भौतिक पूर्वाधार मन्त्रालय शीर्षकमा छलफलमा भाग लिँदै उहाँले कसले कम अंकको टेन्डर हात पार्छ भन्ने होइन, कसले कम समयमै आयोजना सक्छ त्यस्ता निर्माण व्यवसायीलाई टेन्डर दिनुपर्ने बताउनु भयो ।

उहाँले ०७२ सालमा पारेको बजेट अहिले पनि कार्यान्वयन हुँदैछ भने यस्तो अवस्थामा एकैपटक धेरै आयोजना छुट्याउन नहुने बताउनु भयो।

सद थापाले आफ्नो निर्वाचन क्षेत्रमा सडक आयोजना बनाउन बेहोरेको सास्तीबारे फेहरिस्त प्रस्तु गर्नुभयो। उहाँले सडक समयमै बनाउन भन्दै निर्माण व्यवसायीको घरमा पुगेको, सडक कार्यालयमा धर्नासमेत दिइएको स्मरण गर्नुभयो ।

उहाँले अहिले काठमाडौं वरिपरिको सडक फोहोरले भरिएको भन्दै हिजोको नेतृत्वले राम्रो काम नगरिदिएकाले यस्तो अवस्था आइरहेको उल्लेख गर्नुभयो । फोहोर व्यवस्थापनका विषयमा अहिलेको काठमाडौं महानगर र सहरी विकास मन्त्रालयको नेतृत्वले उचित निर्णय लिइरहेको भन्दै प्रशंसा पनि गर्नुभयो ।

फोहोर व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयको बजेटले नपुग्ने भन्दै उहाँले यस वर्ष काठमाडौंमा फ्लाइओभर र अन्डरपास नबनाउन सुझाव दिनुभयो।

फोहोर व्यवस्थापन गर्न अर्बौ रुपैयाँ चाहिने भएकाले उहाँले फ्लाइओभर र अन्डरपासको काम थाती राखेर फोहोर व्यवस्थापनमा जुट्न आग्रह समेत गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?