पोखरा । नेपाल तेक्वान्दो संघको आयोजनामा पोखरामा तेस्रो संस्करणको ‘माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने भएको छ । गत वर्ष कोभिड-१९ का कारण स्थगित प्रतियोगिता अन्तर्राष्ट्रिय तेक्वान्दो संघको स्वीकृतिमा आगामी असोज ५ देखि ९ गतेसम्म सञ्चालन हुन लागेको हो ।
पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताले पोखरामात्र नभई नेपालको खेल तथा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ । यसअघिका वर्षमा काठमाडौंमा हुँदै आएको प्रतियोगिता गत वर्ष कोभिड-१९ का कारण प्रभावित भएको थियो । गत वर्ष गण्डकी प्रदेशमा आयोजना गर्ने भनिए पनि कोभिड-१९ कै कारण हुन सकेको थिएन । अन्तर्राष्ट्रिय तेक्वान्दो संघले स्वीकृत प्रदान गरेपश्चात् पोखरामा प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।
विश्वका ५० भन्दा बढी देशका एक हजार पाँच सय बढी खेलाडी, रेफ्री, अफिसियल र उनीहरूका परिवारसहित दुई हजारभन्दा बढी विदेशी खेलाडी पोखरा आउने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब दुई करोड लाग्ने अनुमान गरिएको मूल आयोजक समितिका अध्यक्ष प्रकाशशमशेर राणाले जानकारी गराउनुभयो ।
प्रतियोगिताको स्रोत व्यवस्थापन संघ/प्रदेश, स्थानीय सरकारलगायत उद्योगपति, व्यवसायी र पोखरेली जनताबाट हुने अपेक्षा गरिएको सदस्य–सचिव जगनबहादुर गुरुङले बताउनुभयो ।
प्रतियोगिताका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । खेलकुद क्षेत्रलाई माया गर्ने राष्ट्रसेवक कर्मचारी, खेलाडी, राजनीतिज्ञ, उद्योगपति, व्यवसायीसमेतको ५१ सदस्यीय सल्लाहकार समितिसमेत गठन भइसकेको छ ।
विश्व तेक्वान्दो संघले मान्यता प्राप्त गरेको जिटु खेल खेलाइने भएकाले सहभागी संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । जसमा १८ वर्षमाथिकाले विभिन्न तौल समूहमा खेल्न पाउनेछन् । नेपालको परिवेशमा सबैभन्दा बढी मेडल जित्न सफल यस खेलको प्रवद्र्धनमा हामी सबै लाग्नुपर्ने देखिएको महासचिव दीपराज गुरुङले बताउनुभयो । प्रतियोगितामा सिनियर महिला/पुरुषतर्फ आठ-आठ र जुनियरतर्फ १०/१० वटा तौल समूहका खेल हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच