दक्षिण अफ्रिकाद्वारा भारत पराजित, टी-२० श्रृंखलामा अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पाँच श्रृंखलाको पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले सात विकेटले पराजित गरेको छ । यससँगै पाँच श्रृंखलामा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ ।

विहीबार दिल्लीमा भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

दक्षिण अफ्रीकाको जितमा रस्शी भान डेर डुसेनले अविजित सर्वाधिक ७५ रन बनाए । यस्तै डेभिड मिलरले ६४ रनको योगदान गरे । भारतका भुवनेश्वर कुमार, हर्सल पटेल र अक्षर पटेलले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २११ रनको योगफल तयार पारेको थियो ।

भारतका इशान किशनले सर्वाधिक ७६ रन बनाए । यस्तै, श्रेयस इयरले ३६ तथा कप्तान ऋषव पन्तले ३६ जोडे । दक्षिण अफ्रीकाका केशव महाराज, एन्रिच नोर्किया, पर्निल र ड्वाने प्रिट्रोरियसले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?