एनआरएनएद्वारा मताधिकार माग

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी एनआरएनएका माग सम्बोधनका लागि ध्यानाकर्षण गराएको छ । एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई एनआरएनएले आयोजना गर्ने कार्यशालामा प्रमुख आतिथ्यताका लागि अनुरोध गर्दै एनआरएनएलाई नेपाली नागरिकता, एनआरएनएको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीको मताधिकार विषयका साथै म्यानमार र थाइल्यान्डमा रहेका नेपालीको पहिचान समस्याबारे पनि ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी एनआरएनएले नेपाल सरकारले पेश गरेको नीति, कार्यक्रम तथा बजेटमा एनआरएनएले उठाउँदै आएका धेरैजसो विषय सम्बोधन भएको भन्दै सरकारको प्रशंसासमेत गरेको छ । सो अवसरमा एनआरएनए उपाध्यक्ष नरेन्द्र भाट, उपाध्यक्ष दुर्गा आचार्य, महासचिव डा. केशव पौडेल, उपमहासचिव नारायण काफ्ले, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक अमित राई, एनसिसी पोर्चुगलका प्रतिनिधि नरेन्द्र हमाललगायतको उपस्थिति रहेको एनआरएनएले जनाएको छ । एनआरएनएले यही १६ जुनमा गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीको लगानी, वैदेशिक रोजगारलगायत विषयमा एकदिने कार्यशाला प्रत्यक्ष तथा जुम प्रविधिमार्फत् आयोजना गर्दैछ ।

स्वास्थ्य सामग्री सहयोग
एनआरएनए प्रवक्ता सोम सापकोटालगायत प्रतिनिधिमण्डलले चितवन जिल्लाको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामालाई तीन थान कन्सन्ट्रेटर र छ हजार थान मास्क हस्तान्तरण गरेको छ । उक्त स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग गरेकोमा मेयर लामाले एनआरएनएप्रति आभार प्रकट गर्दै भविष्यमा पनि विभिन्न सामाजिक कार्यमा समन्वय तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रवक्ता सापकोटाले एनआरएनएले एनसिसीहरूको सहयोगमा नेपालका विभिन्न क्षेत्रमा परोपकारी तथा सामाजिक कार्य गर्दै आएको जानकारी दिनुभयो । सो अवसरमा एनसिसी कम्बोडियाका अध्यक्ष लालसिंह खड्का, साउथ सुडानका प्रतिनिधि रामप्रसाद पाध्य र एनसिसी कतारका सदस्य ईश्वर पौडेलको सहभागिता रहेको एनआरएनएले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?