काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावलले आफू आफूलाई निषेध गरिएको आरोप लगाउनु भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको १०औं महाधिवेशनमा प्रतिस्पर्धा गरेकै कारण आफूलाई निषेध गरिएको उहाँको आरोप थियो ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले यस्तो आरोप लगाउनु भएको हो ।
पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू घुम्तीमा पुगेको उहाँले बताउनु भयो । आफूलाई एमाले अछाम जिल्ला अधिवेशन हुँदै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा समेत निषेध गरिएको उहाँले बताउनु भयो।
‘गोदावरीको अधिवेशनमा मलाई उहाँहरुले जुन प्रकारले व्यवहार गर्नुभएको छ, यसपछि मैले के सोचेको छु भने अब मलाई राजनीतिको जीवनको एउटा मोडमा धकेलिएको जस्तो मलाई महशुस भएको छ । एउटा घुम्तीमा पुगेजस्तो मैले महसुश गरेको छु । हामी सबैलाई थाहा छ, हाम्रो सामान्य जीवनमा पनि हिँड्दै जादा घुम्तीमा पुग्यौं भने त्यो अर्को मोडमा मान्छे लाग्छ ।’ उहाँले भन्नुभयाे, ‘कतै उहाँहरुले मलाई त्यो घुम्तीमा धकेलेर अर्को मोडमा जाओस् भनेर यो काम त गरिरहेको हो कि भन्ने मैले महसुश गरेको छु । म घुम्तीमा पुगेको छु भने मोड कस्तो हुने छ भन्ने कुरा रिपोर्टर्स क्लबको लोकप्रिय मञ्च छदैँछ, फेरि म त्यो कुरामा आउने छु ।’ उहाँले भन्नुभयो ।
एमालेको गोदावरी बैठक जबज र एमालेको परम्परा विपरीत भएको समेत उहाँले जिकिर गर्नुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच