कांग्रेसका पुराना नेता सापकोटाको निधन

Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता तिलकप्रसाद सापकोटाको निधन भएको छ । उहाँको बुधबार भरतपुरस्थित अस्पतालमा ८० वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास समस्याबाट ग्रसित सापकोटा मंगलबार अपराहृन अस्पताल भर्ना हुनुभएको थियो । सापकोटा विसं. २०१५ सालदेखि कांग्रेसमा सक्रिय हुनुहुन्थ्यो ।

राजनीतिक अभियोगमा २०४० सालदेखि रुपन्देही, पाल्पासहितका जेलमा चार वर्ष बन्दी जीवन बिताउनु भएका सापकोटाले जननेता बिपी कोइरालाबाटै कांग्रेसको सदस्यता लिनुभएको थियो ।

स्वतन्त्र सेनानीका रूपमा चिनिने सापकोटाले २०४० सालदेखि निरन्तर लेखिरहेको दैनिकीको संस्मरण कृति ‘यात्रा निरन्तर’ सांग्रिला बुक्सले गत वर्ष प्रकाशित गरेको थियो । गैंडाकोटमा स्थायी बसोबास रहनुभएका सापकोटाका श्रीमती, सात छोरा र चार छोरी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?