जुम्ला सदरमुकाम खलंगा बजारमा नबिल बैंकको शाखा संचालन

Read Time = 3 mins

जुम्ला । जुम्ला सदरमुकाम खलंगा बजारमा नबिल बैंक लिमिटेडले शाखा संचालनमा ल्याएको छ । चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले शाखाको उद्घाटन गरेसंगै शाखा सञ्चालनमा आएको हो । यो शाखा संगै नबिल बैंकले देशभर एकैदिन ३८ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले कोशीमा १, मधेश प्रदेशमा ८, बागमतीमा १३, गण्डकीमा ३,लुम्बिनीमा १०, कर्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा २ वटा गरेर ३८ वटा शाखा सञ्चालनमा ल्याएको हो । नगरप्रमुख राजुसिंह कठायतले बैंकको शाखा विस्तारले सेवाग्राहीलाई सहज वितिय पहुंचको विकास हुने बताउनुभयो ।

उहाँले बैंकहरुलाई सामाजिक कार्यमा समेत अग्रसर हुन आग्रह गरेका थिए । नबिल बैंकले स्थपनाको ३८ वर्ष पार गरेको अवसरमा बैंकले एक साथ देश भर ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको जुम्ला शाखा प्रबन्धक हेमन्त चपाइले जानकारी दिनुभयो । नबिल बैंक अब तपाईसंग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

३८ नयाँ शाखा सञ्चालनमा आएसंगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ । विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने अपेक्षा राखिएको छ ।

जिल्लाको तिला गाउँपालिका वडा नम्बर १ स्थित सेरी बजारमा रहेको नबिल बैक कलस्टरका प्रमुख तपेन्द्र कुँवरले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा शाखाहरू निरन्तर विस्तार गरेको जानकारी दिनुभयो । उहाँले सेवाग्राही तथा ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको समेत गर्नुभयो । अब जुम्लामा मात्रै नबिल बैंकका दुईवटा शाखाबाट सेवा लिन सकिने छ । तिला गाउँपालिका र चन्दननाथ नगरपालिकामा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?