भारतबिरुद्ध छक्का प्रहार गरेका क्रिकेटर कुशल र सोमपाललाई दुई लाख रुपैयाँ प्रदान

फाइल तस्बिर

Read Time = 3 mins

काठमाडौं । इन्स्पायर नोबल फाउण्डेसनले भारतबिरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ ।

एशिया कप–२०२३ अन्तर्गत भारतबिरुद्धको खेलअघि फाउण्डेसनले छक्का प्रहार गर्नेलाई प्रतिखेलाडी एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

बिहीवार नेपाल खेलकुद पत्रकार मञ्चको रोहबरमा भारतबिरुद्ध छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई समान एक लाख रुपैयाँ प्रदान गरेको हो ।

भारतबिरुद्ध कुशल र सोमपालले समान दुई छक्का प्रहार गर्नुभएको थियो । कुशल र सोमपाललाई फाउण्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयालको उपस्थितिमा सम्पन्न भएको थियो ।

फाउण्डेसनले भारतबिरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । इन्स्पायर नोबेल फाउण्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुले खोलेको संस्था हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरुलाई थप हौसला मिलेको बताउँदै फाउण्डेसनलाई दिनुभयो । कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका तिब्र गतिका बलर सोमपाल कामीले राम्रो अनुभव बटुल्न पाएको बताउनु भयो । पाकिस्तानसँगको खेलमा सोचेजस्तो प्रदर्शन हुन नसकेको बताउनु भयो । पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुशी लागेको बताउनु भयो । अर्को पटक खेल्दा राम्रो नतिजा दिने बताउनु भयो ।

त्यस्तै अर्का क्रिकेटर कुशल भुर्तेलले एशियाकप खेल्नु भन्दा पनि एशिया कपमा क्वालिफायर हुँदा आफूलाई धेरै खुशी लागेको बताउनु भयो । भारतलाई टिभीमा हेरेर आफूहरुले क्रिकेट सिकेको बताउँदै आफू भारतसँग खेल्न आतुर रहेको बताउनु भयो । उहाँले पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्दा सामान्य लागेको बताउनु भयो ।

उहाँले एशिया कपको अनुभवले आगामी खेलमा राम्रो गर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?