पुराना सच्चिनु पर्छ, नयाँ दल पनि फुरुङ्ग हुनुहुँदैन : अध्यक्ष नेपाल

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूराना राजनीतिक दल सच्चिनु पर्ने बताउनु भएको छ ।  उहाँले नयाँ दल पनि फुरुङ्ग भइहाल्नु नहुने बताउनु भयाे ।

कैलालीमा बिहीबार भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्ताे बताउनु भएकाे हाे । साथै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने समेत बताउनु भयाे ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपालाई सरकारमा ल्याउँदा के हुन्छ भनेर आफूसँग राय लिएको र रास्वपालाई ल्याउँदा राम्रो हुने आफूले सुझाव दिएको बताउनुभयो ।

नेपालले मन्त्रालय कसलाई कति दिने भन्नेबारे पनि उपचुनाव अघि नै टुंगो भइसकेका कारण सरकारमा ल्याउन समस्या नभएको बताउनु भयो । रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्केपनि नागरिकता र राहदानीको दुरुपयोग विषयमा प्रभाव पार्न नमिल्ने उहाँको तर्क छ ।

नेपालले माओवादी पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन उपयुक्त हुने बताउनु भयो । अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णयप्रति टिप्पणी गर्दै उहाँले रोजगारी र ऋण उपलब्ध गराउँदा राम्रा हुने बताउनु भयो । मुलुक आर्थिक संकटले गुज्रिरहेका बेला सरकारले अयोग्य लडाकुलाई पैसा दिनेगरी गरेको निर्णय कार्यान्वयन गर्न नहुने उहाँको तर्क छ ।

यसबारे आफूले प्रधानमन्त्रीसँग कुरा गर्दा नयाँ नभएर पहिलेकै निर्णय कार्यान्वयन गरेको जवाफ आएको उहाँले बताउनु भयो । अध्यक्ष नेपालले मुलुकले पछिल्लो समय बेहोरिरहेको आर्थिक संकटबारे गठबन्धनमा आवद्ध दलहरु गम्भीर भएको दाबीसमेत गर्नु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?