काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ छिचोलिएको (ब्रेक थ्रुरु) छ । सिन्धुलीस्थित सुनकोशी गाउँपालिका-७ को कानढुंग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दूरी खनेसँगै बुधबार सुरुङ ‘ब्रेक थ्रुरु’ गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थितिमा सुरुङ छिचोल्ने काम भएको हो । उहाँले स्विच थिचेर सुरुङ छिचोलिएको घोषणा गर्नुभयो । सुरुङ ‘ब्रेक थ्रुरु’ गर्न प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ नै मुल्कोटमा पुग्नुभएको थियो ।
२०७९ असोज अन्तिममा टिबिएम मेसिनबाट खन्न सुरु गरिएको सुरुङ १८ महिनामै छिचोलिएको हो । आगामी साउन अन्तिमसम्म सुरुङको काम सक्नुपर्ने म्याद थियो । अझै सुरुङको फिनिसिङ गर्न भने एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । २०८४ सालको असोजसम्म सबै काम सक्ने आयोजनाको लक्ष्य छ । प्रधानमन्त्रीले स्थानीय जनप्रतिनिधिसँग पनि अन्तक्रिया गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जामन्त्री शक्ति बस्नेत, दुवै जिल्लाका जनप्रतिनिधि, उच्च सरकारी अधिकारीका साथै चिनियाँ राजदूत सोङसहित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
आयोजनाले सिन्धुली र रामेछापको सिमानाबाट सुनकोशी नदीको पानीलाई १३.३ किलोमिटर लामो सुरुङमार्फत् मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पुर्याउने छ । हाल सिँचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ ।
मधेशका किसान हर्षित
टिबिएम मेसिनले १८ महिनामा १३ किलोमिटर सुरुङ खनेको छ । टिबिएस मेसिनका उपकरण विभिन्न देशबाट भित्र्याई जडान गरिएको थियो । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको जिम्मा पाएको चाइना ओभरसिजले भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना पनि लक्ष्यभन्दा एक वर्षअघि नै पूरा गरेको थियो । सिन्धुलीको खुर्कोट बजारदेखि करिब दुई किलोमिटर माथि र सुनकोशी-तामाकोशीको दोभानदेखि करिब ९५० मिटर तल बाँध निर्माण गरिनेछ । सुनकोशीको पानि सुरुङमार्गबाट ६७ क्युमेक (क्युबिक मिटर प्रतिसेकेण्ड) पानी मरिन खोलामा खसालिनेछ । त्यहाँबाट ३१ मेगावाट विद्युत् उत्पादन हुने अनुमान छ । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाका थप क्षेत्रसमेत कुल एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभर सिँचाइ उपलब्ध गराउनेछ । सिँचाइको काम तीन चरणमा सम्पन्न हुनेछ । हाल बागमती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुँदै आएको छ । सुनकोशी-मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण सम्पन्न भएपछि तराई मधेशका पाँच जिल्लाका नागरिक हर्षित भएका छन् । आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा बाराका एक लाख २२ हजार हेक्टर कृषि योग्य भूमिमा सिँचाइ सेवा दिने लक्ष्य छ ।
बाँकी काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री ‘प्रचण्ड’ले सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोशी गाउँ पालिकामा ब्रिफिङ लिएपछि प्रधानमन्त्री प्रचण्डले आयोजनाका आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिनुभएको हो । ‘बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘समयमा नै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला ।’ आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न उहाँले निर्देशन दिनुभयो । प्रधानमन्त्री प्रचण्डले आयोजनामा राम्रो काम गर्ने कर्मचारीहरूको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देशन दिनुभयो ।
आयोजनाले राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नेछ : प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सुरुङ ब्रेक थु्रपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । ‘आयोजनाले मधेश प्रदेशको पाँच जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘आज सुरुङको ‘ब्रेक थु्र’ भएको छ, आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।’
आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘सुरुङमार्गको ब्रेक थु्र सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ ।’
कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरुदण्ड हुनुका साथै कुल गार्हस्थ उत्पादनमा झण्डै एकतिहाइ योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका लागि आवश्यक पर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिबी न्यूनीकरण गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताउनुभयो ।
नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराई-मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेको बताउनुभयो । हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने बताउँदै उहाँले सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानीलगायत अन्य प्रयोजनमा प्रयोग गरी राष्ट्रको समग्र विकास गरिने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले ठूला पूर्वाधारहरूको सफल निर्माणबाटै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने भएकाले आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री प्रचण्डले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो । सुनकोशी गाउँपालिकामा ब्रिफिङ लिएपछि प्रधानमन्त्री प्रचण्डले आयोजनाका आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिनुभएको हो ।
अद्भूत क्षण : चिनियाँ राजदूत चेन सोङ
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थु्र’लाई ‘अद्भूत क्षण’ (अमेजिङ मोमेन्ट) को रूपमा व्याख्या गर्नुभएको छ । राजदूत सोङले सुरुङ ब्रेक थु्र गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै भन्नुभएको छ, ‘अमेजिङ मोमेन्ट ! ब्रेक थु्र अफ सुनकोशी-मरिन डाइभर्सन मल्टिपर्पाेज प्रोजेक्ट्स टनेल बाई टिबिएम ।’ आयोजना आर्थिक वर्ष २०७३/०७४ मा सुरु भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० मा शिलान्यास गर्नुभएको थियो । निर्माण कम्पनीले नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिनको माध्यमबाट सुरुङ बनाएको थियो । चिनियाँ कम्पनीलाई चाइना ओभरसिजलाई सुरुङमार्ग निर्माणको लागि ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच