फ्रेण्ड्स र एपिएफको बराबरी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेण्ड्स क्लब र एपिएफ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेसमा बिहीबार फ्रेण्ड्स र एपिएफले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन । खेलको २७ औँ मिनेटमा प्रदिप लामाले गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाउनुभयो । खेलको ५२औँ मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई १-१ गोलको बराबरीमा ल्याउनुभयो ।

एपिएफको यो तेस्रो बराबरी हो । फ्रेण्ड्सको पनि यो तेस्रो बराबरी हो । एपिएफ १३ खेलमा १८ अंक जोडेर छैटौँ स्थानमा रहेको छ । फ्रेण्ड्स १३ खेलमा १५ अंक जोडेर १०औँ स्थानमा रहेको छ । यस्तै, एन्फाले बिहीबार शहीद स्मारक ‘ए’ डिभिजन लिग जेठ २७ मा सम्पन्न गर्ने गरी बाँकी खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले १४ औँदेखि २६ औँ तथा अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको हो । वैशाख १७ गते मच्छिन्द्र क्लब र सातदोबाटो युथ क्लबबीचको प्रतिस्पर्धासँगै १३औँ चरणका खेल सकिनेछन् । एक दिनको विश्रामपछि वैशाख १९ बाट पुनः लिग सुरु हुने तालिका रहेको छ ।

१३औँ चरणको समाप्तिमा अंक तालिकाको शीर्षस्थानमा रहने र पुछारमा रहने टोलीबीच १४औँ चरणको पहिलो खेल वैशाख १९ गते एन्फा कम्प्लेक्समा हुने खेल तालिकामा उल्लेख छ । लिगको अन्तिम दिन जेठ २७ गते अन्तिम खेल १३औँ चरणको समाप्तिमा शीर्ष र दोस्रो स्थानमा रहेका टोलीबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?