‘तिम्रो यादले रोगी बनायो’ भन्दै सत्यकला

Read Time = 1 min

काठमाडौं । मोडल एवं गीतकार सत्यकला लामाको नयाँ गीत ‘तिम्रो यादले रोगी बनायो (पीडा)’ सार्वजनिक भएको छ । अस्मिता अधिकारीको स्वर, बादल थापाको संगीत र सुविन सेञ्चुरीको संगीत संयोजन रहेको गीतको भिडियो एएमएस इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

विक्रम चौहानको कथा र निर्देशन रहेको भिडियोमा सत्यकला, ज्ञानु नेपाली, कृष्टिना केसी, आराध्य आरएल डिसी र विनोद चौलागाईंको अभिनय छ । मिलन विश्वकर्माको सम्पादन र प्रकाश खड्काको छायांकन रहेको भिडियोलाई संगीता परियार र गेलु तामाङले निर्माण गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?