‘भ्वाइस एण्ड स्पीच’ कार्यशाला सम्पन्न

Read Time = 1 min

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘भ्वाइस एण्ड स्पीच’ कार्यशाला सम्पन्न भएको छ । थापागाउँ, लेखन कुञ्जस्थित आरोहण गुरुकुलमा सञ्चालित कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालाको समापनमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति निशा शर्माको उपस्थिति रहेको थियो । ‘अभिनय भनेको धेरै ठूलो कुरो होइन, तर तपाईंले महसुस र मनन् गरेर पात्रको ठाउँमा आफूलाई राखेर आफूलाई विश्वास दिलाउन सक्नुपर्छ’, समापन समारोहमा शर्माले भन्नुभयो ।

कार्यशालामा करिब ४३ जना प्रशिक्षार्थीहरूलाई आवाज तथा भाषण कला (भ्वाइस एण्ड स्पीच)का बारेमा प्रशिक्षित गराइएको थियोे । जेठ २६ गतेदेखि सञ्चालित कार्यशालामा वरिष्ठ नाट्य निर्देशक अनुप बरालले प्रशिक्षण दिनुभएको थियो । उहाँका साथमा सहायक प्रशिक्षकका रूपमा देव न्यौपाने रहनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?