राष्ट्र बैंकमा लघुवित्त गुनासो सुनुवाइ डेस्क

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्क स्थापना भएको छ । लघुवित्तका बचतकर्ता तथा ऋणीका समस्या समाधानका लागि सुनुवाइ डेस्क स्थापना गरिएको हो । पछिल्लो समयमा लघुवित्तका ऋणीले ऋण नतिर्ने समस्या जटिल बन्दै आएको छ ।

ऋणीले ऋण नतिरेपछि बचतकर्ताको पैसासमेत समस्यामा परेपछि केन्द्रीय बैंकले समस्याको समाधान गर्ने उद्देश्यले सुनुवाइ डेस्क स्थापना गरेको हो । राष्ट्र बैंकले लघुवित्तका बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यको लघुवित्त सेवासम्बन्धी गुनासो सम्बोधन गर्न गुनासो सुनुवाइ डेस्क स्थापना गरिएको जनाएको छ । डेस्कमा गुनासो दर्ता गर्न टोल फ्री नम्बरमा सम्पर्क गरेर वा बैंकको अनलाइन गुनासो पोर्टलबाट वा इमेलबाट समेत गुनासो दर्ता गराउन सकिनेछ भने राष्ट्र बैंकका जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?