डेढ मिनेटको प्रोमोलाई रेखाले लिइन् १० करोड पारिश्रमिक

Read Time = 1 min

मुम्बई । भारतीय टेलिभिजन शो ‘गुम है किसी के प्यार मे’ मा विराट र सईको ट्रयाक सकिन लागेको छ ।

अब यो शो २० वर्षको लीपसँग अघि बढ्नेछ । यो शोमा अब बलिउड सुन्दरी अभिनेत्री रेखा पनि जोडिँदै छिन् । शोका लागि रेखा नयाँ प्रोमोको सुटिङ गर्दैछिन् । यो प्रोमो सुट गर्नका लागि उनले १० करोड पारिश्रमिक लिएकी छन् ।

उनले आइतबार शोको प्रोमो सुट गर्नेछिन् । रेखालाई यो शोको प्रोमोमा विशेष भूमिकाका लागि बोलाइने छ । कथाको सुरुवातमा शोको सार बुझाइने छ । यो प्रोमो केबल डेढ मिनेटको मात्र हुनेछ ।

यसअघि पनि उनलाई यो शोको प्रोमो सुटका लागि बोलाउँदा उनले ७ करोड पारिश्रमिक लिएकी थिइन् । नयाँ प्रोमोमा रेखाले आउने पुस्ताको परिचय दिनेछिन् । उनले कथामा आउने ट्वीस्ट र टर्नको बारेमा पनि जानकारी दिनेछिन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?