चरणबद्धरूपमा युरो ६ लागू गर्न नाडाको सुझाव

Read Time = 2 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारी प्रदूषण मापदण्ड चरणबद्धरूपमा लागू गर्नुपर्ने जनाएको छ । नाडाले आइतबार पत्रकार सम्मेलन गर्दै युरो ६ लागू गर्न समग्र पूर्वाधार नबनिसकेकाले चरणबद्धरूपमा लागू गर्दै जानुपर्ने जनाएको हो । युरो ६ मा जान अहिले नै देशमा उपयुक्त पूर्वाधारलगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार भइनसकेको नाडाको भनाइ छ । सम्पूर्ण यातायातका साधनमा युरो ६ लागू गर्ने प्रस्तावलाई सकारात्मकरूपमा लिएको तर युरो ४ पछि युरो ६ मा जानुपर्ने नाडाले जनाएको छ । 

नाडाका अनुसार हाल कार्यान्वयनमा रहेको युरो ३ पछि युरो ४ लागू नगरी युरो ६ मा जाँदा लागत बढ्ने र बढ्ने लागतको असर उपभोक्तालाई पर्नेछ । युरो ६ लागू भए कमर्सियल भेइकलको मूल्य ४० प्रतिशतसम्म बढ्न सक्ने नाडाको दाबी छ । नाडाका अध्यक्ष ध्रुव थापाले युरो ४ लागू गर्न तयार रहेको तर एकैपटक युरो ६ मा जानुभन्दा क्रमिकरूपमा जानुपर्ने बताउनुभयो । प्राविधिक पक्षमा बलियो हुन दुई वर्ष लाग्ने नाडाको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?