चलचित्र ‘काँडेतार’ को प्रदर्शनमा रोक

Read Time = 3 mins

काठमाडौं । नवल खड्काको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘काँडेतार’को प्रदर्शनमा रोक लागेको छ । चलचित्रका केही संवाद र दृश्यहरूमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शनमा रोक लगाएको हो । सेन्सर बोर्डका सदस्यहरूले चलचित्र हेरेपछि केही संवाद र दृश्यहरूमा आपत्ति जनाउँदै सर्टिफिकेट नदिएको निर्देशक खड्काल जानकारी गराउनुभयो ।

खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित चलचित्रका सम्वाद र दृश्यहरू सेन्सर बोर्डले आपत्ति जनाई थप छलफल गर्नुपर्छ भनी सेन्सर सर्टिफिकेट नदिएको सेन्सर बोर्डले जनाएको छ ।

‘थप छलफल गर्नुपर्छ भन्दै सेन्सर बोर्डले सेन्सर सर्टिफिकेट दिएन’ निर्देशक खड्काले भन्नुभयो । सेन्सर बोर्डसँगको अनौपचारिक तथा औचारिक कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गर्न पाउनुपर्ने अडान आफूले राखेको खड्काले बताउनुभयो । ‘सरकारले जनताको देशभक्तिपूर्ण भावनालाई बुझेर काँडेतार चलचित्र प्रदर्शन गर्न सर्टिफिकेट दिने मैले अपेक्षा गरेको छु’, निर्देशक नवलले भन्नुभयो, ‘नदिएको खण्डमा न्यायका लागि अदालत जानेछौं । यसमा जनता तथा दर्शकको साथ सहयोग माग्ने अधिकार हामीमा सुरक्षित छ ।’

उहाँले कुनै पनि दृश्य वा सम्वाद नकाटी चलचित्र दर्शकसामु पुर्‍याउने बताउनुभएको छ । खड्काले अधिकांश चलचित्र देशभक्तिपूर्ण र परिवर्तनका लागि बनाउँदै आउनुभएको छ । चलचित्रमा नवल खडका, गौरव पहारी, सुरविना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, पुष्प श्रेष्ठ, रोमियन लिम्बू, केशव रायामाझी र बालकलाकार नादिया खड्का र सनया खड्कालगायतको अभिनय छ ।

शिवम् अधिकारी र नवलको लेखन रहेको चलचित्रको निर्मातमाा माकिको राई र अञ्जु केसी हुनुहुन्छ भने कार्यकारी निर्माता गायिका सत्यकला राई हुनुहुन्छ । श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य, सौरभ लामाको छायांकन, मणि थापा र दीपक शर्माको सगीत, बन्देप्रसाद र तारा थापा (किम्भे)को सम्पादन छ चलचित्रमा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?