नुवाकोट । नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय च्याम्पियनसिप सम्पन्न भएको छ । नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना तथा नेपाल हाप्किडो संघ र बागमती प्रदेश हाप्किडो संघको सहकार्यमा नुवाकोट जिल्लाको बेलकोटगढी ४ मा आयोजना भएको नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय च्याम्पियनसिपको उपाधि नुवाकोट जिल्लाले जितेको हो ।
यसैगरी प्युठान जिल्लाले दोस्रो र कास्की जिल्लाले तेस्रो उपाधि जितेको छ । च्याम्पियनसिपमा पुरुषतर्फका नुवाकोटका विवेक गुरुङ तथा महिलामा कास्कीकी इमा थापा मगर उत्कृष्ट खेलाडी हुनुभयो ।
उदीयमान खेलाडीमा उत्कृष्ट पुरुषतर्फका नुवाकोटका रमेश तामाङ र महिलामा नुवाकोटकै मञ्जु गुरुङ हुनुभयो । उत्कृष्ट प्रशिक्षकमा नुवाकोटका राजेन्द्र तामाङ हुनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच