नेकपा एसको पोलिटब्युरो बैठकमा उठ्यो न्यौपाने र झाँक्रीमाथि कारबाहीको माग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा स्थायी कमिटीका वरिष्ठ नेता मुकुन्द न्यौपाने र पार्टी सचिव रामकुमारी झाँक्रीमाथि कारबाहीको माग उठेको छ ।

दुई नेताका पछिल्ला पार्टी विरोधी गतिविधि र आफ्नै पार्टी अध्यक्षको बद्ख्वाइँ गरेको भन्दै उहाँहरुमाथि कारबाही हुनुपर्ने बैठकमा सहभागी नेताहरुले कुरा उठाएको एक नेताले बताए ।

सोमबारदेखि सुरू भएको पोलिटब्युरो बैठकमा पार्टीका केही केन्द्रीय सदस्यहरू गत निर्वाचनमा भोट हाल्नै नगएको गएपनि पार्टीलाई भोट नमागेको लगायतका असन्तोष समेत पोखिएको उनले बताए ।

यसैबीच आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले पार्टी कमिटी बाहिर नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न चेतावनी दिनुभएको छ ।

‘जे जे लागेको छ, कमिटीमै राखौं,’ आजको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै नेपालले भन्नुभयो, ‘फेसबुकमा लेखेर आफूलाई लागेको कुरा बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ, न त्यो अनुशासित पार्टी बन्छ ।’

एकीकृत समाजवादीले तत्काल सरकारमा नजाने जनाएको छ भने हिजो (सोमबार) बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष समेत निकालेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?