नाइजेरियाको चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ५० जनाको मृत्यु

Read Time = 2 mins

अबुजा । नाइजेरियाको दक्षिणपश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ५० जनाको ज्यान गएको छ । ओण्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ५० जनाको मत्यु भएको हो । विष्फोटक पदार्थसमेत बोकेको जनाइएको छ ।

घटनालाई ‘ठूलो नरसंहार’ भन्दै ओण्डो राज्यका गभर्नर अरकुन्रिन ओलुवारोतिमी अकेरेडोलुले घटनास्थल र घाइतेहरूको अस्पतालमा निरीक्षण गर्नुभएको छ ।

नाइजेरियामा क्याथोलिक चर्चका प्रवक्ता रेभेरेण्ड अगस्टिन इक्वुले भन्नुभयो, ‘यो धेरै दुःखको कुरा हो कि पवित्र प्रार्थना चलिरहेको बेला अज्ञात बन्दुकधारीहरूले सेन्ट फ्रान्सिस क्याथोलिक चर्चमा आक्रमण गरे । आक्रमणमा धेरै जनाको मृत्यु र अन्य धेरै जना घाइते भएका छन् ।’ पेन्टेकोष्टको इसाई चाडमा भएको आक्रमणको पोप फ्रान्सिसले निन्दा गर्नुभएको छ । उहाँले पीडित र नाइजेरियाका लागि प्रार्थना गर्ने बताउनुभयो ।

राष्ट्रपति मुहम्मदु बुहारीले पीडितले न्याय पाउने बताउनुभएको छ । नाइजेरिया जिहादीहरू र आपराधिक गिरोहले लामो समयदेखि हिंसात्मक आक्रमण गर्दै आएका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?