सुन तस्करीमा मेरो संलग्नता प्रमाणित गरे पदमा एकछिन बस्दिन : अर्थमन्त्री डा. महत

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता प्रमाणित गरे एकछिन पनि पदमा नबस्ने बताउनु भएको छ ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. महतले यस्तो बताउनु भएको हो ।

बैठकमा सुन प्रकरणमा आफ्नो नाम मुछिएको गुनासो गर्दै उहाँले आफूमाथि निरन्तर लाञ्छना लगाउने, होच्याउने तथा व्यक्तिगत प्रहार भएको गुनासो समेत गर्नुभयो ।

डा. सुनिल शर्माको नाम नलिई उहाँले भन्नुभयो, त्यसभन्दा जे उहाँले राख्नुभयो, त्यो उचित हो ?’ सांसद शर्माले १० साउनको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चहरुमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आउनु भएको छ ।

बैठकमा सहभागी एक सांसदका अनुसार अर्थमन्त्री महतले आफूले गल्ती गर्न चाहेको भए देश र पार्टी नै नरहने धारणा राख्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?