इलाम । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाउँदै अघि बढ्नुभएको छ ।
जारी मत गणनामा सुहाङले १६ हजार ९४४ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । ५ हजार ६७१ मतान्तरमा सुहाङले लिड गरिरहनुभएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ११ हजार २७३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै मुढा चिन्ह पाउनु भएका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४४ मतका साथ पछ्याइरहनु भएको छ ।
यस्तै रास्वपा उम्मेदवार मिलन लिम्बूले २ हजार ८०३ मत प्राप्त गर्नुभएको छ ।
हालसम्म माङसेबुङ, फाकफोकथुम ,चुलाचुली गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ वडा र देउमाई नगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सकिएको छ ।
देउमाई-५ मा वडागत परिणाम
सूर्य-७२५
रुख-७१६
मूढा-२१९
घण्टी -१५८
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच