काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा भएको उपनिर्वाचनको मत गणना जारी छ ।
जारी गणनाका पछिल्लो अपडेट अनुसार नेकपा (एमाले) का सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लानुभएको छ। पछिल्लो परिणामानुसार नेम्वाङले १३ हजार ६९ मत ल्याउनु भएको छ ।
यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले आठ हजार ३८६ मत ल्याउँदै नेम्वाङलाई पछ्याउँदै हुनु हुन्छ ।
यस्तै पहिचान पक्षधर स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले आठ हजार ९८ मतसहित खड्कालाई पछ्याइरहनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का मिलन लिम्बू भने एक हजार ७१३ मत पाउनु भएको छ ।
हालसम्म ३२ हजार १९४ मत गणना भइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच