काठमाडौं । रुविना क्षेत्रीको सानदार शतक मद्दतमा नेपाल एसिसी प्रिमियर कपको समूह चरणमा माल्दिभ्सलाई पराजित गर्दै समूह चरणको विजेता बनेको छ । मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २१४ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार तेस्रो जितसहित क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । नेपालले यसअघि समूहमा हङकङ र भुटानलाई हराएको थियो ।
नेपालले प्रस्तुत गरेको २२८ रनको बलियो लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३.५ ओभरमा मात्र १३ रनमा समेटियो । माल्दिभ्सका लागि कप्तान सिमय बिन्तले सर्वाधिक आठ रन जोड्नुबाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन । नेपालकी अश्मिना कर्माचार्यले चार विकेट तथा पूजा महतो र रुविना क्षेत्रीले तीन-तीन विकेट लिनुभयो ।
त्यसअघि रुविनाको शतकीय पारी मद्दतमा नेपालले माल्दिभ्सलाई २२८ रनको चुनौती दिएको थियो । मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २२७ रन बनायो । नेपालका लागि रुविनाले सर्वाधिक ११८ रनको योगदान दिनुभयो ।
योसँगै रुविना नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलमा शतक प्रहार गर्ने पहिलो महिला नेपाली खेलाडी बन्नुभयो । रुविनाले ५४ बलमा शतक पूरा गर्नुभएको थियो । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेट खेलमा नेपालकी सीता रानामगरले सर्वाधिक ८२ रन बनाउनुभएको थियो ।
रुविनाले ५९ बलमा १० चौका र पाँच छक्कासहित अविजित ११८ रनको पारी खेल्नुभयो । त्यसैगरी नेपालका लागि पूजा महतोले ५९ रनको योगदान दिनुभयो । उहाँले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गर्नुभयो ।
त्यस्तै, सीता रानामगरले १५ रन जोड्दा कविता कुँवरले १३ रन बनाउनुभयो । बलिङतर्फ माल्दिभ्सकी शम्मा अलीले सर्वाधिक तीन विकेट लिनुभयो भने नब्बा नासिमले एक विकेट हात पार्नुभयो ।
यस खेलमा बनाएको योगफल नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सर्वाधिक ठूलो योगफल पनि हो । यसअघि कतारविरुद्ध नेपालले सन् २०२१ मा खेलेको सिरिजमा १६४ रन बनाएको थियो ।
नेपाल तीन खेलमा ६ अंक जोड्दै समूह विजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गर्यो । हङकङको तीन खेलमा चार अंक छ भने भुटानको दुई अंक छ । माल्दिभ्सले खाता खोल्न सकेन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच