बेपत्ता पुरूष मृत फेला

रासस
Read Time = 1 min

बैतडी । अठार दिनदेखि बेपत्ता रहेका यहाँका एक पुरुष मृत फेला परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका-३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताउनुभयो ।

गएको फागुन १९ गतेदेखि हराइरहेका बोहरा नौलीगाड भन्ने स्थानमा मृत फेला परेको जनाइएको छ । स्थानीयले बोहरालाई मृतावस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।

घटनाका विषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशी नेतृत्वको टोली घटनास्थल पुगेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?