काठमाडौं । भनिन्छ, कलाकार समाजका ऐना र मार्गदर्शक पनि हुन् । जसले देशको धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिकलगायत विविध क्षेत्रका गतिविधिलाई आफ्नो कलाकारिताका विविधि विधामार्फत उजागर गर्छन्, विकृति र विसंगतिमाथि प्रहार गर्छन् ।
सानै उमेरदेखि कलाकारिता क्षेत्रमा आकर्षित दिवाकर भण्डारी (सापटी काका) पनि आफ्नो अभिनय र निर्देशन कलामार्फत सामाजिक बिकृति र विसंगतिबिरुद्ध खबरदारी गर्दै आउनुभएको छ । गायन, नृत्य, अभिनय हुँदै पछिल्लो समय नेपाल टेलिभिजनबाट साप्ताहिक रूपमा प्रसारण हुने चर्चित हाँस्य टेलिशृंखला ‘मेरी बास्सै’ को लेखन, अभिनय र निर्देशकको भूमिका निभाउँदै आउनुभएका उहाँले विगतमा ठूलो पर्दाका चलचित्रहरूमा समेत काम गर्नुभयोे ।
कलाकारितामा उहाँको योगदानकै कारण हालसम्म सरकारी गैरसरकारी संस्थाबाट दर्जनौं अभिनन्दन, पुरस्कार र अवार्ड प्राप्त गरिसक्नुभएको छ । सोहीक्रममा भण्डारीलाई पछिल्लोपटक वैशाख १५ गते आदर्श इन्टरनेन्टेमेन्ट हाउसले उत्कृष्ट निर्देशकमा रूपमा ‘सिनियर टेलिफिल्म डाइरेक्टर अवार्ड’ प्रदान गरेको छ । उक्त अवार्ड पूर्वमन्त्री महिन्द्र राय यादवले हस्तान्तरण गर्नुभएको थियो भने वैशाख ८ गते कास्की खबर दोस्रो राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रममा जुरीको भूमिका निर्वाह गरेपावत‘जुरी अवार्ड’ अवार्ड प्राप्त गर्नुभएको छ ।
पोखरामा आयोजित उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उक्त अवार्ड प्रदान गर्नुभएको हो । त्यसैगरी गत चैत २६ गते नागरिक क्रियशन प्रालिले ‘सिनियर फिल्म डाइरेक्टर अवार्ड’ प्रदान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले उक्त अवार्ड हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै कलाकार भण्डारीकै सहयोगमा छ जना विद्यार्थी अध्ययनरत कास्कीको धारापानी माध्यामिक विद्यालयले पनि उहाँलाई सम्मान प्रदान गरेको छ ।
यसअघि पनि उहाँले कलाकार तथा निर्देशकको हैसियतमा ‘ढिकुर पोखरी समाज सम्मान २०७८, ‘ढिकुरपोखरी युवा क्लब सम्मान २०७६’, ‘नेशनल टेलिफिल्म अवार्ड-२०७९’, ‘नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सव सम्मान’ का साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीबाट सम्मान २०७८ प्राप्त गर्नुभएको थियो ।
विभिन्न संघसंस्थामा आबद्ध भई सामाजिक कार्य गर्दै आएका भण्डारी नेपाल रेडक्रस सोसाइटी र लोकदोहोरी गीत प्रतिष्ठान नेपालको आजीवन सदस्य, लायन्स क्लब, चलचित्र कलाकार संघ, टेलिफिल्म कलाकर्मी मञ्चको सदस्यका साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीको सचिवालय सदस्य हुनुहुन्छ । कलाकारिताबाटै नाम, दाम, सम्मान र सन्तुष्टि पाएको उहाँ बताउनुहुन्छ ।
२०३४ साल साउन १ गते कास्कीको तत्कालीन ढिकुरपोखरी-४ (अन्नपूर्ण गाउँपालिका-२) मा जन्मिनुभएका भण्डारी विगतमा कलाकारिताबाट जीविकोपार्जन चुनौतीपूर्ण रहेपनि पछिल्लो समय भने व्यवसायीकरण र विविधीकरणसँगै कतिपय कलाकार आफू बाँच्नेमात्रै नभई अरूलाई पनि बचाउन सक्ने हैसियतमा पुगेको बताउनुहुन्छ । प्रायः कलाकारिताका सबै विधामा काम गर्दै आउनुभएका भण्डारीको मुख्य पहिचान भने निर्देशक नै हो ।
सानैदेखि उहाँमा गायन, अभिनय र नृत्यतर्फ रुचि थियो । विद्यालयस्तरमा हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत गायन, अभिनय र नृत्यमा म सधैं उत्कृष्ट हुने गर्नुहुन्थ्यो । आठ कक्षासम्म पुग्दा विद्यालयस्तरीय सांस्कृतिक कार्यक्रममध्ये धरैजसोमा प्रथम हुने गर्नुहुन्थ्यो । १० कक्षामा पुगेपछि विद्यालय, अन्तरविद्यालय, क्षेत्रीय, जिल्ला-स्तरीय र अञ्चलस्तरीय प्रतियोगितामासमेत सार्वेत्कृष्ट हुँदै धेरै पुरस्कार पाउनुभयो ।
त्यसो त चार-पाँच वर्षको उमेरमा घर-नजिकैको श्री माछापुच्छ्रे माध्यमिक विद्यालयमा भर्ना भएर २०५१ सालमा सोही विद्यालयबाट एसएलसी गर्नुभएका भण्डारीको परिवारमा त्यतिबेला थएन । कलाकारिता पनि पेशा हो, कलाकारिताबाट कमाउन पनि सकिन्छ भन्ने थिएन । आम्दानीको मुख्य स्रोत कृषि नै थियो ।
कलाकारितामा तीन दशक पार गरिसक्नुभएका भण्डारी सुरुमा चेतनामूलक सडक नाटक लेखन/निर्देशन गर्नुहुन्थ्यो । २०५६ सालपछि टेलिचलचित्र ‘धन’मार्फत अभिनय यात्रा सुरु गरेर दर्जनौं नाटक मञ्चन, लेखन र निर्देशन गर्नुभयो । गीत संगीततर्फ पनि रुचि भएकाले २०६१ सालमा ‘दाइ त हङकङको’ र ‘एउटै मिल्यो हजारौं हजारमा’ बोलको गीति एल्बम ल्याउनुभयो । क्रमिक रूपमा टेलिचलचित्रमा अभिनय, सहायक निर्देशन हुँदै निर्देशकसम्म आइपुग्नुभएका भण्डारीले ठूला पर्दामा अभिनय र टेलिचलचित्रमा निर्देशन गर्नुभयो ।
२०६६ सालमा नेपाली चलचित्र ‘चिनो’ मा अभिनय, २०६७ मा टेलिचलचित्र ‘मेरी गंगा’ को निर्देशन, २०६८ मा चलचित्र ‘राज’, २०६९ मा ‘कन्यादान’ र २०७० मा ‘नाई नभन्नु ल २’ मा अभिनय गर्नुभयो भने ‘एके फोट्टी सेभेन’ र ‘गडबडी’ मा अभिनय र मुख्य सहायक निर्देशकको भूमिका निभाउनुभयो । त्यसपछि टेलिचलचित्र ‘ल खत्तम’ मा ७२ भागसम्म अभिनय, लेखन र निर्देशन गर्नुभएको थियो तर २०७३ सालपछि भने हाँस्य टेलिशृंखला ‘मेरी बास्सै’ मा अभिनय, लेखन र निर्देशन गर्दै आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच