बझाङ । बझाङमा नेकपा एमालेका दमन भण्डारी ११ हजार ६ सय १३ मतसहित बिजयी हुनु भएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पछि पार्दै बिजयी हुनु भएको हो ।
मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारीले ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको जानकारी दिनुभयो ।
लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गर्नुभयो ।
साथै माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले तीन हजार ८ सय ३१ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार पाँच सय १४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो ।
त्यस्तै अन्य ८ दलले १० मत पनि मत पाउन सकेका छैनन् । ६१ हजार ७ सय ६८ मतदातामध्ये ३० हजार ३ सय ३७ जना मतदाता मतदानमा सहभागी भएका थिए । खसेको जम्मा मत मध्य २९ हजार ७०५ मत सदर भएको थियो । भने (एकीकृत समाजवादी) सहित ८ जना उम्मेदवारको धरौटी जफत भएको छ। बझाङ जनामत बचाउन उम्मेदवारले १० प्रतिशत अर्थात मत कटाउनुपर्ने भएपनि २ हजार ९७० मत ल्याउनुपर्ने थियो। ११ दलका उम्मेदवार मध्ये विजयी भएका एमाले दोस्रो भएको कांग्रेस र तेस्रो स्थानमा रहेको माओवादी बाहेक सबैको जमानत जफत भएको छ ।
दमन भण्डारीको राजनीतिक यात्रा विद्यार्थी राजनीतिदेखि माननीय सांसदसम्म
बि.सं. २०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका –१ भण्डारी गाउँमा जन्मिएका भण्डारीले २०४१ सालमा एसएलसी दिएर काठमाडौं जाँदा अनेरास्ववियुबाट विद्यार्थी राजनिति सुरु गर्नुभएकाे हाे । उहाँ नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववीयुमा आवद्ध हुनुहुन्थ्यो । उहाँले नेपाल ल क्याम्पसबाट बिएल गरेपछि बझाङ फर्किएर थुप्रै समाज सुधारका काम गर्नुभएको थियो । २०५४ सालमा उहाँ एमालेबाट मटेला गाविसकाे अध्यक्षमा निर्वाचित हुनुभयो । २०५५ सालमा नेकपा जिल्ला कमिटी सदस्य हुँदै २०५६ सालमा गाबिस राष्ट्रिय महासंघका जिल्ला अध्यक्ष निर्वाचित हुन भयो । त्यसपछि उहाँ युवा संघ नेपालका सेती अञ्चल सचिवसमेत बन्नुभयो । नेकपा एमालेभित्र राम्रो काम गर्दै भण्डारी २०६९ सालमा जिल्ला कमिटी सचिवका रुपमा निर्वाचित हुनु भएकाे थियाे ।
भण्डारी २०७८ सालदेखि हालसम्म नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्ष हुनुहुन्छ । उहाँका श्रीमति र एक छोरी तीन गरी सदस्यीय परिवार छ । उहाँले यसअघि बझाङमा लैङ्गिक हिंसा विरुद्ध अभियान पनि चलाउनु भएको थियो । उहाँलाई एमालेभित्र इमान्दार, भद्र र शालिन पात्रका रुपमा चित्रण गरिने केन्द्रीय सदस्य ऐन महरले बताउनुभयो ।
गत प्रदेशसभा निर्वाचनमा दमन भण्डारीको क्षेत्र रहेको बझाङ (१) मा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर चुनाव जित्दा एमालेका ओखेडाले १३ हजार ३३६ मत मात्र ल्याएका थिए । चुनाव जितेपछि पृथ्वीबहादुर सिंह सुदूरपश्चिम सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको थियो । तर सडक दुर्घटनामा परी सिंहको निधन भयो, जसकारण उपचुनाव भएको हो । उपचुनावमा जिल्लाको सिफारिसमा केन्द्रले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
चुनाव आउनु केहिदिन अगाडिनै भण्डारीका बुवाको निधन भयो र उहाँले धेरै जनताको घरदैलो समेत गर्न पाउनु भएन । यसरी चुनावी मैदानमा हुमिएका भण्डारीले अहिले भएको उपनिर्वाचनमा पनि कांग्रेसका उम्मेदवारलाई हराउँदै प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच