एजेन्सी । आइसिसी टी-२० विश्वकप २०२४ का लागि दक्षिण अफ्रिकाले १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपका लागि दक्षिण अफ्रिकाले एडेन मक्रमको कप्तानीमा टोली घोषणा गरेको हो ।
दक्षिण अफ्रिकाले आक्रामक युवा ब्याटर मक्रम, क्विनटन डि कक, रिजा हेन्ड्रिक्स, हेनरिक क्लासेन, डेभिड मिलर र त्रिस्टन स्टुब्स्लाई समेट्दै ब्याटिङ लाइन बलियो बनाएको छ ।
यस्तै, टोलीमा पेस ब्याटर कागिसो रबाडा र एनरिच नोर्टनेलाई समेट्दा बलरमा केशव महाराजा, बिजरोन फर्टुइन र तबरेज शम्सी स्पिनरका रूपमा हुनुहुन्छ ।
टी-२० विश्वकपमा दक्षिण अफ्रिका नेपाल, नेदरल्याण्ड, बंगलादेश र श्रीलंका रहेको समूह ‘डी’मा छ । दक्षिण अफ्रिकाले समूह चरणको पहिलो खेल जुन ३ मा श्रीलंकासँग खेल्नेछ । समूह चरणको दोस्रो खेल जुन ८ मा नेदरल्याण्ड तथा तेस्रो खेल जुन १० मा बंगलादेशसँग खेल्नेछ । यस्तै, समूह चरणको अन्तिम खेल जुन १५ मा नेपालसँग खेल्ने तालिका छ ।
२० टोली सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान पक्का गर्नेछन् । सुपर आठबाट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल खेल जुन २९ मा हुनेछ ।
दक्षिण अफ्रिकाको टोलीमा एडेन मक्रम (कप्तान), ओटनियल बार्टम्यान, जेराल्ड कोएत्ज, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रिजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, केशव महाराजा, डेभिड मिलर, एनरिक नोर्टजे, कागिसो रबाडा, रायन रिकेल्टन, तबरेज शम्सी र क्रिस्टन स्टुब्स हुनुहुन्छ भने वैकल्पिक खेलाडीमा नान्द्रे बर्गर र लुंगी निगडी रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच